मध्यपहाडी सडक आयोजनाको गाडी काठ तस्करीमा
नेपालबहस संवाददाता
मंसिर ८, २०७७ सोमबार १८:४८:११
८ मंसिर, दैलेख । मध्यपहाडी सडक आयोजना अन्तर्गत सडक निर्माणका लागि प्रयोग गरिएको गाडी काठ तस्करीमा संलग्न भएको पाइएको छ । दैलेखको पश्चिमखण्ड आठबीस नगरपालिका–१ मा रहेको मध्यपहाडी सडक निर्माणमा प्रयोग गरिएको वाग्मती प्रदेश बाट ल्याइएको ०१–००६–१०३८ नं को गाडीमा सल्लाको दार लादै गरेका अवस्थामा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको हो ।
मध्यपहाडी सडकमा दिउँसै दाउराका लागि भनी अत्याधुनिक यन्त्रमार्फत काटिएको सल्लाको १५ गोलियाभन्दा बढी काठ गाडीमा लादै गरेकाे अवस्थामा प्रहरीले बरामद गरेको छ । काठ लाद्दै गरेका करीब १२मध्ये मुख्य व्यक्तिका रूपमा रहेका प्रकाश पाल थापालाई यन्त्रसहित प्रहरीले पक्राउ गरेको छ ।
प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनार, प्रहरी प्रमुख अनुपम श्रेष्ठ र जिल्ला वन कार्यालय दैलेखको संयुक्त टोलीले क्रसर उद्योग अनुगमन गरेर शुक्रबार मध्यपहाडी राजमार्गको पश्चिमखण्ड हुँदै दैलेख सदरमुकाम आउँदै गर्दा सडकखण्डमै काठ तस्करी भएको भेटाएको हो । उपभोक्ता समितिको पुर्जी नदेखाएपछि थापालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ । प्रहरीको टोली देख्नेबित्तिकै टिपर चालक भने फरार भएका छन् ।
काठ तस्करीमा संलग्न सबैलाई आवश्यक कानूनी कारवाही प्रक्रिया अघि बढाउने तयारी भएको प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिए । दैलेखको पश्चिम क्षेत्रमा नियमित गस्ती बढाउने तयारी भएको छ । तस्करी भएको थाहा पाउनेबित्तिकै प्रहरीलाई खबर गर्न जिल्ला प्रहरी कार्यालयले नागरिकसँग आग्रह गरेको छ ।
पश्चिम क्षेत्रमा वन विनाश
जिल्लाको पश्चिममा पर्ने चामुण्डा बिन्द्रासैनी र आठबीस नगरपालिकाका जङ्गलमा अवैध रुपमा सल्ला, साललगायत अन्य काठको तस्करी बढेको स्थानीयवासीले गुनासो गरेका छन् । सार्वजनिक वन क्षेत्र अतिक्रमण गरेर विभिन्न पूर्वाधार निर्माण गर्ने कार्य पनि तीव्र बढेको छ ।
मध्यपहाडी सडकखण्डको तलमाथि रहेका काठका रुख वन उपभोक्ता समिति र पहुँचवालाको मिलोमतोमा फँडानी हुने क्रम बढेको छ । चामुण्डा बिन्द्रासैनीका उपप्रमुख ताराकुमारी शाहीले वन विनाश, र सार्वजनिक जग्गा अतिक्रमणको क्रम बढ्दै गएकामा चिन्ता व्यक्त गर्दै नियन्त्रणका लागि स्थानीय सरकार, वन कार्यालय, प्रहरी र प्रशासनको संयुक्त अभियान सञ्चालन गर्नुपर्नेमा सुझाव दिए ।
सुकेको, बूढो र सडेगलेको रुखका लागि जिल्ला वन कार्यालयबाट सिफारिस लिएर वनले टाँचा लगाएपछि मात्र काट्नुपर्ने नियम भए पनि वन उपभोक्ता समितिले बलमिचाइ गर्दै वन फँडानी गर्ने क्रम बढेको जिल्ला वन कार्यालयका होमकुमारी खड्काले बताउनुभयो । वन जोगाउन सबै जिम्मेवार नागरिकको एक हुनुपर्ने खड्काको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभुटानी शरणार्थी प्रकरणः प्रतीकको मुद्दामा कैफियत प्रतिवेदन मगाउन सर्वोच्चको आदेश
पुष २२, २०८१ सोमबार
हेटौंडाबाट गैँडाको खागसहित तस्कर पक्राउ
पुष ११, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार
आज यी ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष २७, २०८१ शनिबार
पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै
पुष २७, २०८१ शनिबार