सरकारको विवेक गुमेको भन्दै राप्रपाले निकाल्यो विज्ञप्ति
नेपालबहस संवाददाता
मंसिर ८, २०७७ सोमबार २०:३५:५७
८ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजानन्त्र पार्टीले संखधर शाख्वा र रत्नपार्कको नाम परिवर्तन गर्ने कुरा सरकारको विवेकहिन निर्णय भएको बताएको छ । राप्रपाले एक विज्ञप्ति जारी गर्दै मौलिक संस्कृति र सभ्यताको धरोहर व्यक्तित्व र राष्ट्रिय विभुति संखधर भएको उल्लेख गरेको छ । समस्त नेपालीका आदरणीय संखधरलाई राष्ट्रल सम्मान गुर्नपर्ने राप्रपाको माग छ ।
संखधरको नामबाट देशका विभिन्न संस्था, योजना, संरचना र उपलब्धीको नामाकरण हुनु स्वाभाविक भएको राप्रपाको ठहर छ । तर यस क्रममा दशकौंदेखि नामाकरण भएर आएका संरचनाको नाम आज अचानक बदल्नु उचित नभएको पार्टीले आज बताएको छ ।
विज्ञप्तिमा भनिएको छ ः हामी नेपाल राष्ट्र निर्माण र नेपालको राष्ट्रिय एकता र राष्ट्रियताको संरक्षणमा वडा महाराजा पृथ्वीनारायण शाह, राजा महेन्द्र र वीपी कोइराला अग्रस्थानमा रहेको ठान्दछौं । उनै राजा महेन्द्रको रानी मुमा वडामहारानीको नाममा झण्डै आधा शताब्दीदेखि नामाकरण गरिएको रत्नपार्कको नाम बदल्नु दुई कारणले अनुचित ठान्दछौं । पहिलो यो कार्यले मुमा बडामहारानी रत्नप्रति अन्याय भएको छ । दोश्रो, यो नामाकरणले नेपालको मौलिक संस्कृतिका एक धरोहरको अवमुल्यन गरेको छ ।
संखधर शाख्वाको योगदानको सम्मान गर्न हाल भईरहेको संरचनाको नाम परिवर्तन गरेर होइन, संखधरको नाम राखेर नयाँ र भब्य संरचना बनाउनु पर्छ भन्ने हाम्रो मान्यता हो । त्यसकारण हाल महानगरपालिकाले रत्नपार्कको नाम बदल्ने निर्णय अविवेकी र गलत छ । हाम्रो माग छ : संखधरको नामबाट अझ भब्य साँस्कृतिक/ऐतिहासिक संरचना बनाइयोस त्यस बखत मात्र उनिप्रति हामीले सहि रुपमा सम्मान गरेको ठहरिनेछ । काठमाडौं महानगरपालिकाको वर्तमान अविवेकी निर्णय तुरुन्त फिर्ता गर्न राप्रपाका तीन अध्यक्ष पशुपती शमसेर ज.ब.रा., डा.प्रकाशचन्द्र लोहनी र कमल थापाले संयुक्त वक्तव्य जारी गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका कार्यसूची
माघ १३, २०८१ आइतबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका कार्यसूची
माघ १३, २०८१ आइतबार
भोजपुरमा साढे ८ हजार किशोरीलाई एचपिभी खोप लगाउने तयारी
माघ १३, २०८१ आइतबार
सहकारी ठगी प्रकरणः रवि लामिछानेको थुनछेक बहस जारी, आज आदेश आउन सक्ने
माघ १३, २०८१ आइतबार
आलुखेती प्रवर्द्धन गर्दै भद्रपुर नगरपालिका
माघ १३, २०८१ आइतबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार