साल्ट ट्रेडिङको प्रतिफल ढिला आयो तर कडा आयो, आ. व. २०७६/७७ को कति ?
नेपालबहस संवाददाता
मंसिर ८, २०७७ मंगलबार १:०:०
८ मंसिर, काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट प्रतिफल प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट २५ प्रतिशत बोनस तथा १० प्रतिशत नगद लाभांश गरी कूल ३५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
नेप्सेमा सुचीकृत धेरै कम्पनीहरुले गत आर्थिक वर्ष २०७६/७७ को लाभांश प्रस्ताव गरी कतिपयले साधारण सभा सम्पन्न गरिसकेका छन् भने अधिकांश कम्पनीहरुले सधारणसभाको तयारी रहेका छन् । तर सरकारी स्वामित्व रहेको साल्ट ट्रेडिङ्गले एक वर्षअघिको प्रतिफल ढिला गरी प्रस्ताव गरेको हाे ।
लिमिटेडले आ.व. २०७२/७३ बाट २० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश बाँडेको थियो । त्यसपछि आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ को नाफाबाट कम्पनीले समान २५ प्रतिशत बोनस तथा १० प्रतिशत नगद गरी कूल ३५ प्रतिशत प्रतिफल प्रस्ताव गरेको लिमिटेडले आर्थिक वर्ष २०७५/७६ पनि सोही लयमा प्रतिफल प्रस्ताव गरेको हाे ।
प्रस्तावित बोनस कर्पोरेशनको ५३ औं वार्षिक साधारण सभाबाट अनुमोदन भएपश्चात मात्र शेयरधनीलाई वितरण हुनेछ । लाभांश वितरणपछि कम्पनीको चुक्ता पूँजी १९ करोड १९ लाख ६९ हजार ७५० रुपैयाँ पुग्नेछ । आ. व. २०७६/७७ को कति नाफाबाट भने कति लाभांश प्रस्ताव हुने हो, त्यो भने पर्ख र हेरकै अवस्थामा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
भोजपुरमा साढे ८ हजार किशोरीलाई एचपिभी खोप लगाउने तयारी
माघ १३, २०८१ आइतबार
सहकारी ठगी प्रकरणः रवि लामिछानेको थुनछेक बहस जारी, आज आदेश आउन सक्ने
माघ १३, २०८१ आइतबार
आलुखेती प्रवर्द्धन गर्दै भद्रपुर नगरपालिका
माघ १३, २०८१ आइतबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार