कुमारी बैंकको साधारणसभा मंसिर २९ मा, बुक क्लोज कहिले ?
नेपालबहस संवाददाता
मंसिर ८, २०७७ मंगलबार १:२५:३५
८ मंसिर, काठमाडौं । कुमारी बैंक लिमिटेडले २० औं वार्षिक साधारणसभा बोलाएको छ । साे सभा आगामी मंसिर २९ गते बैंकको केन्द्रीय कार्यालय टंगालमा हुने भएको छ । कोरोनाभाइरस महामारीका कारण सभा भर्चुअल माध्यमबाट गर्न लागिएको कम्पनी सचिव अनुजमणि तिमिल्सिनाले जानकारी दिए ।
बिहान ११ः३० बजे बोलाइएको सभाले १०.८५ प्रतिशत बोनस शेयर र ३.१५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी छ ।त्यस्तै मर्जरमा जाने तथा गाभ्ने–गाभिने सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सञ्चालक समितीलाई अधिकार दिने प्रस्ताव पनि सोही सभामा गरिने छ ।
साधारणसभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका मंसिर १५ गते एक दिन बन्द रहनेछ । मंसिर १४ गते सम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकका ग्राहकहरुलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १०, २०८१ बिहिबार
नबिल बैंकद्वारा जाजरकोट र रुकुम पश्चिममा कम्बल वितरण
माघ १०, २०८१ बिहिबार
कुमारी बैंक लिमिटेड र लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल लिमिटेडबीच सम्झौता
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
भोजपुरमा साढे ८ हजार किशोरीलाई एचपिभी खोप लगाउने तयारी
माघ १३, २०८१ आइतबार
सहकारी ठगी प्रकरणः रवि लामिछानेको थुनछेक बहस जारी, आज आदेश आउन सक्ने
माघ १३, २०८१ आइतबार
आलुखेती प्रवर्द्धन गर्दै भद्रपुर नगरपालिका
माघ १३, २०८१ आइतबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार