कोरोना भाइरसको संक्रमणबाट सशस्त्रका इन्सपेक्टर बुढाथोकीको मृत्यु
नेपालबहस संवाददाता
मंसिर ९, २०७७ मंगलबार १७:५१:२५
९ मंसिर, विराटनगर । कोरोना भाइरसको संक्रमणबाट विराटनगरमा सशस्त्र प्रहरीका इन्सपेक्टरको मृत्यु भएको छ । सशस्त्र प्रहरी बल ३ नम्बर गण मोरङमा कार्यरत प्रहरी निरीक्षक इन्स्पेक्टर नवीन बुढाथोकीको उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो ।
उनको विराट मेडिकल कलेजमा उपचार भइरहेको थियो । तर भेन्टिलेटरमा राखेर उपचार गर्दा पनि ज्यान जोगाउन मुश्किल भएको अस्पतालले जनाएको छ ।
उनी तेह्रथुमको म्याग्लुङ नगरपालिका–१ का बासिन्दा हुन् । संगठनमा इमान्दार र अब्बल राष्ट्रसेवकका रुपमा परिचित बुढाथोकीको मृत्युले विराटनगर स्तब्ध बनेको छ । उनको मंगलबार विराटनगरकै एक खोलामा हिन्दु संस्कार अनुसार अन्त्येष्टि गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार
खराब मौसमका कारण भोलि बिहानसम्म आन्तरिक सबै उडान स्थगित
असोज ११, २०८१ शुक्रबार
लेबनानमा रहेका नेपालीहरुलाई आफ्नो विवरण उपलब्ध गराउन सरकारको आग्रह
असोज ११, २०८१ शुक्रबार
कठिन समयमा जनसेवामा जुट्न कार्यकर्तालाई प्रचण्डको निर्देशन
असोज ११, २०८१ शुक्रबार
प्रधानसेनापतिले लिए लेबनान र सिरियामा रहेका नेपाली शान्ति सेनाको अवस्थाबारे जानकारी
असोज ११, २०८१ शुक्रबार