दुधौलीमा ठूली एकादशीमा सार्वजनिक बिदा
नेपालबहस संवाददाता
मंसिर ११, २०७७ बिहिबार १५:२८:१२
११ मसिर, सिन्धुली । दुधौली नगरपालिकाले ठूली एकादशीमा सार्वजनिक बिदा दिएको छ । यस दिन दुधौली नगरपालिकामा बसोबास गर्ने दनुवार समुदायले धुमधामका साथ एकादशी पर्व मनाउने भएकाले नगरपालिकाले स्थानीय बिदा दिएको हो ।
नगरपालिकामा ठूलो सङ्ख्यामा बसोबास गर्ने दनुवार समुदायले यस पर्वलाई विशेष महत्वका साथ मनाउने गरेको हुँदा नगरपालिकाले हरेक वर्ष सार्वजनिक बिदा दिँदै आएको नगरपालिकाका प्रमुख घनश्याम राउतले जानकारी दिए ।
जिल्लाका दनुवार समुदायले विगत केही वर्षदेखि बरकी एकादशी पर्व खुल्ला कार्यक्रमको आयोजना गरी भव्यरूपमा मनाउँदै आए पनि यस वर्ष कोभिड–१९ का कारण आ–आफ्नो घरमा सुरक्षित तरिकाले मनाउने निर्णय भएको दनुवार जागरण समिति सिन्धुलीले जनाएको छ ।
कोभिडका कारण नेपाल सरकारले भेला, समारोह, खुला मञ्चमा कार्यक्रम गर्न रोक लगाएकाले यस वर्षको बरकी एकादशी पर्वको कार्यक्रम आ–आफ्नो घरमा मात्रै सीमित राखेर स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै सुरक्षितसँग मनाउने निर्णय भएको दनुवार जागरण समिति सिन्धुलीका अध्यक्ष नारायण अधिकारी दनुवारले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
देशभरका त्रिवेणीधाम र धार्मिकस्थलमा मकर स्नान गर्नेको घुइँचो
माघ १, २०८१ मंगलबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
कन्काई पुल : पाँच पटक ठेक्काको म्याद थप , १३ वर्षमा आधा काम
माघ ३, २०८१ बिहिबार
‘गाउँले सहरमा वन्यजन्तु बस्तीमा’
माघ ३, २०८१ बिहिबार
अझै खुल्न सक्दैनन् एचआइभी सङ्क्रमित
माघ ३, २०८१ बिहिबार
पाकिस्तानसँग बलियो रक्षा सम्बन्ध बनाउँदै बंगलादेश, भारतलाई कस्तो असर पर्ला ?
माघ ३, २०८१ बिहिबार