नेपाल–भारत सीमा जोड्ने झोलङ्गे पुल दुई दिन खुल्ने
नेपालबहस संवाददाता
मंसिर ११, २०७७ बिहिबार १९:१५:३
११ मंसिर, दार्चुला । कोभिड–१९ का कारण गत चैत ११ गतदेखि बन्द रहेको दार्चुलास्थित नेपाल–भारत सीमा जोड्ने झोलङ्गे पुल हप्तामा दुई दिन खोल्न शुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले सीमा पुल बन्द हुँदा नेपाली मजदूर र विद्यार्थी मर्कामा परेको भन्दै सातामा दुई दिन पुल खुलाउन भारतीय पक्षलाई आग्रह गरेसँगै पुल खुलेको हो ।
पुल बुधबार र शनिबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म खुल्ने प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताए । दैनिक छ घण्टा पुल खुलेपछि सर्वसाधारण, मजदूर र विद्यार्थीलाईसमेत सहज भएको छ ।
कोभिड–१९ का कारण पुल नखुल्दा यहाँका स्थानीयवासीलाई बिहेबारी, औषधि उपचार, विद्यार्थीको पठनपाठन, रोजगारीलगायत दैनिक जनजीवनमा कठिनाइ उत्पन्न भएको भन्दै सबै पक्षबाट हप्तामा दुई दिन पुल खोल्ने प्रस्ताव आएको यिथो । पुल खुल्ने भएपछि सर्वसाधारणलाई सहज भएको छ ।
म्याद नाघेका समान भित्रिदै
जिल्ला प्रशासन कार्यालय दार्चुलाले हप्तामा दुई दिन नेपाल भारत जोड्ने झोलङ्गे पुल खुला गर्ने निर्णयसँगै सिमावर्ती भारतीय बजार धार्चुलाबाट म्याद नाघेका समान भित्रिन थालेको छ । छोटी भन्सार कार्यालय दार्चुलाका अनुसार दैनिक उपभोग्य वस्तु तथा जङगफुड म्याद नाघेको भित्रिन थालेको हो ।
धार्चुलाका व्यापारीले आठ महिनादेखि बिक्री नभएर थन्किएको समान अहिले नेपाली बजारमा पठाउन थालेको छ । पुलघाटमा खटिएका सुरक्षाकर्मीका अनुसार पिठो, खाने तेल, बिस्कुटलगायत जङ्गफुड म्याद नाघेको भेटिने गरेको छ । म्याद नाघेका केही समान फिर्ता गर्न पठाइए पनि अधिकांश व्यापारी तथा सर्वसाधारणले त्यतिकै सामान लिएका छन् । अहिलेकै अवस्थामा म्याद नाघेका वस्तु आउने क्रम नरोकिए स्थानीय प्रशासनले बजार अनुगमन गरी नष्ट गर्नुको विकल्प नरहेको सुरक्षाकर्मी बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदूरपश्चिमको समृद्धिसँग जोडिएको सेती लोकमार्ग निर्माण सुस्त
मंसिर १७, २०८१ सोमबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार