डिपोबाट ढुवानी अनुदानमा उपलब्ध चामल बिक्नै छाड्यो
नेपालबहस संवाददाता
मंसिर १२, २०७७ शुक्रबार २२:२१:११
१२ मंसिर, गोरखा। धार्चे गाउँपालिकाको माछाखोला डिपोबाट ढुवानी अनुदानमा उपलब्ध गराइँदै आएको सहुलियत दरको चामल बिक्री हुन छाडेको छ । खाद्य अभाव भोग्दै आएका धार्चे र चुमनुब्री गाउँपालिकाका विभिन्न क्षेत्रका नागरिकलाई लक्ष्य गरी ढुवानी अनुदानको चामल उपलब्ध गराइँदै आएको धार्चे डिपोबाट पछिल्लो दुई वर्षदेखि न्यून मात्र चामल बिक्री हुने गरेको छ ।
पछिल्लो समय गुम्दासम्म सडक पुगेपछि व्यापारीले नै बिक्रीका लागि स्थानीय बजारमा चामल पु¥याउन थालेपछि ढुवानी अनुदानको चामल बिक्री हुन छाडेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गोरखा शाखाका प्रमुख नवीन बस्नेतले जानकारी दिए । एउटै गुणस्तरको बजारको चामल मूल्यभन्दा खाद्य कम्पनीले ढुवानी अनुदान उपलब्ध गराउँदै आएको चामलको मूल्य महँगो परेकाले पनि त्यस क्षेत्रका नागरिकले ढुवानी अनुदानको किन्न छाडेका हुन् । “सोना मनसुली चामल अहिले बजारमा प्रतिबोरा एक हजार २६० रुपैयाँमा पाइन्छ”, कार्यालय प्रमुख बस्नेतले भने, “त्यही चामल खाद्य कम्पनीको माछाखोला डिपोमा प्रतिबोरा एक हजार ४४० रुपैयाँ तिर्नुपर्ने भएपछि डिपोबाट बिक्री ह्वात्तै घटेको छ ।”
अहिले व्यापारीले नागरिकका घरघरमा चामल पु¥याउँछन् । प्रमुख बस्नेतले भने, “ ढुवानी अनुदानको चामलभन्दा सहुलियत मूल्यमा चामल महँगो पर्ने भएपछि खाद्य कम्पनीको चामल बिक्री कम हुनु स्वाभाविक नै हो ।” बर्खाका बेला सवारी साधन चल्न नसक्ने अवस्थामा भने बजारको चामलभन्दा ढुवानी अनुदानको चामल अति सस्तो पर्ने भएकाले बर्खामा थोरै बिक्री हुने उनको भनाइ छ । यसअघि वर्षमा दुई हजार पाँच सय क्विन्टल चालम बिक्री गर्दै आएको माछाखोला डिपोबाट चालु आर्थिक वर्षमा बल्लतल्ल ८०० क्विन्टल चामल बिक्री गरिएको प्रमुख बस्नेतले जानकारी दिए ।
ढुवानी अनुदानको चामल बिक्री हुन छाडेपछि यस वर्षका लागि माछाखोला डिपोको कोटा घटाएर ५०० क्विन्टलमा झारिएको छ । “चालू आर्थिक वर्ष शुरुदेखि अहिलेसम्म एक क्विन्टल पनि चामल बिक्री भएको छैन, अहिले बिक्री नै नहुने भएकाले त्यहाँ स्टक पनि साढे एक क्विन्टल मात्र राखिएको छ”, प्रमुख बस्नेतले भने, “आवश्यकता परेका अवस्थामा जति बेला पनि चामल पु¥याउन सकिने अवस्था भने छ ।” माछाखोला डिपोबाट उत्तरी गोरखाका गुम्दा, उहिया, केरौजा, कोशीगाउँलगायत क्षेत्रका नागरिकले चामल लैजाने गरेका थिए ।
माछाखोला डिपोबाट कम्पनीले प्रतिकिलो सोना मनसुली र जापानी चामल रु ४८ मा बिक्री गर्ने गरेको छ । कम्पनीले उत्तरी गोरखाका धार्चे र चुमनुब्री गाउँपालिकाका नागरिकलाई लक्ष्य गरी माछाखोला र चुमनुब्री गाउँपालिकाको सिर्दिबासमा डिपो राखेर ढुवानी अनुदानमा चामल बिक्री गर्दै आएको छ ।
अहिले पनि सिर्दिबास डिपोबाट वार्षिक चार हजार सात सय क्विन्टलसम्म चामल बिक्री हुने गरेको उनले जानकारी दिए । कम्पनीको सिर्दिबास डिपोमा सोना मनसुली चामल प्रतिकिलो रु ५० र जिरामसिनो चामल प्रतिकिलो रु ६२ मा बिक्री हुँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार
आज यी ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष २७, २०८१ शनिबार
पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै
पुष २७, २०८१ शनिबार