नेकपा अध्यक्ष प्रचण्डको पुस्तक ‘नयाँ राजनीतिक विश्लेषण’ बजारमा
नेपालबहस संवाददाता
मंसिर १२, २०७७ शनिबार १:२०:११
१२ मंसिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो तीन वर्षमा विभिन्न सञ्चारमाध्यमलाई दिएको अन्तरवार्ता सङ्ग्रह गरेर पुस्तकका रुपमा प्रकाशित भएर बजारमा आएको छ ।
अध्यक्ष प्रचण्डले २०७४ देखि २०७७ सम्म विभिन्न सञ्चारमाध्यममा दिएको अन्तर्वार्ताहरुको सङ्ग्रहलाई ‘नयाँ राजनीतिक विश्लेषण’ नाम दिएर पुस्तकको रुपमा प्रज्ञा स्मृति प्रतिष्ठान, नेपालले प्रकाशन गरेको हो ।
विभिन्न सञ्चारमाध्यममा प्रकाशित अन्तरवार्ताको समेटिएको पुस्तकले तत्कालीन राजनीतिक परिस्थिति र परिघटना बुझ्न मद्दत गर्ने विश्वास लिइएको छ । सञ्चारकर्मीको रचनात्मक आलोचनाको सदैव प्रशंसा र सम्मान गर्ने अध्यक्ष दाहालको उक्त पुस्तकमा विस्तृत शान्ति सम्झौताको जगमा अन्तरिम संविधानदेखि संविधानसभा, राजतन्त्रको अन्त्य, गणतन्त्रको स्थापना, हतियार व्यवस्थापन, सेना समायोजन, संविधानसभाबाट समानुपातिक समावेशी प्रतिनिधित्वसहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलगायतका विषय समावेश गरिएको छ ।
नेपालको संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका अध्यक्ष दाहालको अन्तरवार्ताको सङ्गालो राजनीति शास्त्रका विद्यार्थी, नेपाली समाज र राजनीतिमा अनुसन्धान गर्न चाहने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धानकर्ता लागि उपयोगी हुने विश्वास लिइएको छ ।
त्यसैगरी उनले विभिन्न समयमा तात्कालिक विषयहरुमा पार्टीका धारणा र राजनीतिक परिस्थितिका बारेमा अन्तर्वार्ता लिएर नयाँ राजनीतिक विश्लेषण र विचार निर्माणमा प्रत्यक्ष वा परोक्ष रुपमा सहयोग पु¥याउने सम्पूर्ण सञ्चारकर्मीलाई समेत आभार व्यक्त गर्नुभएको छ । उक्त पुस्तकमा ४०८ पृष्ठ रहेको छन् भने यसको मूल्य रु ५५० रहेको प्रज्ञा स्मृति प्रतिष्ठानले जनाएको छ । –
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकमल थापाको ‘नाकाबन्दी र भूराजनीति’ भित्र पस्दा
कात्तिक २०, २०८१ मंगलबार
मिथिला मिथकको प्रकाशनः मैथिली संस्कृतिको दस्तावेजीकरण
कात्तिक १२, २०८१ सोमबार
स्वयम्भु शाक्यको पुस्तक ‘क्रान्तिका अग्रदुत युगकवि सिद्धिचरण’ बजारमा
कात्तिक १२, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
म्यान्मामा ‘कू’ पछि अफिम उत्पादनमा कमी आएको छ : राष्ट्रसंघ
मंसिर २७, २०८१ बिहिबार
सुडानको डार्फरमा भएको हिंसात्मक आक्रमणप्रति डब्लुएचओ प्रमुखद्वारा चिन्ता व्यक्त
मंसिर २७, २०८१ बिहिबार
कोरियाली राष्ट्रपतिबिरूद्द दोस्रो महाअभियोग प्रस्ताव, सत्तारूढ नै सकारात्मक
मंसिर २७, २०८१ बिहिबार
३३ अंकले घटेर २७ सय तल झर्यो नेप्से, कारोबार भने १ अर्ब ९ करोडले बढ्यो
मंसिर २७, २०८१ बिहिबार
स्याङ गाउँमा अवस्थित झोङ न घाङ ‘शान्ति पार्क’
मंसिर २७, २०८१ बिहिबार
विश्वविद्यालयका डिन र क्याम्पस प्रमुखको नियुक्तिमा मैले हस्तक्षेप गरेको छैनः प्रधानमन्त्री
मंसिर २७, २०८१ बिहिबार