स्थानीय पाठ्यक्रममा ओझेलमा परेका भाषा संस्कृतिलाई समावेश गर्नुपर्नेमा जाेड
नेपालबहस संवाददाता
मंसिर १३, २०७७ आइतबार २:३:४३
१३ मंसिर, काठमाडौं । स्थानीय पाठ्यक्रममा ओझेलमा परेका भाषा संस्कृतिलाई समावेश गर्नुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । फेदिखोला गाउँपालिकाको आयोजनामा र साभ नेपालको सहजीकरणमा तीन दिने पाठ्यक्रम निर्माण कार्यशालाको आज पहिलो दिनको उद्घाटन सत्र सम्पन्न भएको छ।
सो कार्यक्रममा प्रमुख अतिथि संघीय सांसद नारायण मरासिनी, विशिष्ट अतिथि गण्डकी प्रदेश सांसद मीनप्रसाद गुरूङ, पाठ्यक्रम विज्ञ ध्रुवराज खनाल, कृषि विज्ञ वासुदेव काफ्ले, लेखक तथा प्राध्यापक युवराज पौडेल, लेखक तथा प्राध्यापक सुन्दर मानन्धर, गाउँपालिका उपाध्यक्ष देवी थापा सहित सम्पूर्ण जनप्रतिनिधिहरू, शिक्षाविद् तथा समाजसेवी तारापति सुबेदी, नेपाल राष्ट्रिय शिक्षक सङगठनका उपाध्यक्ष जमुना चापागाईँ, नेपाली कांग्रेसका युवा नेता महेन्द्र थापा, विभिन्न विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समितिका अध्यक्षहरू, विभिन्न सामाजिक तथा शैक्षिक संघ संस्थाका प्रतिनिधिहरू, विभिन्न विषयका शिक्षकहरू लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उत्साहजनक सहभागिता रहेको थियो । सो कार्यक्रमको सभापतित्व फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुबेदीले र कार्यक्रम सञ्चालन रूपक बरालले गरेका थिए ।
सो कार्यक्रममा गाउँपालिका शिक्षा शाखा संयोजक रामचन्द्र गुरूङले सहभागी अतिथिहरूलाई शब्दद्वारा स्वागत गरेका थिए ।त्यस्तै गाउँपालिका उपाध्यक्ष देवी थापा, शिक्षक सङगठनकी नेता जमुना चापागाईं, राप्रपा नेता विश्वबन्धु पौडेल, फेदीखोलाका कांग्रेस युवा नेता महेन्द्र थापा, गण्डकी प्रदेश प्याब्सन सल्लाहाकार तथा बौद्धिक व्यक्तित्व पुष्पराज बराल, पुतलीबजार नगरपालिकाका उपप्रमुख महेश पुरी, प्रजातन्त्रका सेनानी तारापति सुबेदी लगायतका व्यक्तित्वहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । शुभकामना मन्तव्य दिँदै पुतलीबजार नगरपालिकाका उपप्रमुख महेश पुरीले स्थानीय स्रोत र विज्ञताको उपयोगद्वारा स्थानीय जीवनका आवश्यकताहरू पुरा गर्ने महत्वपूर्ण अभिभारा स्थानीय निकायलाई प्राप्त भएकाले यसलाई अवसरका रूपमा लिनुपर्ने धारणा व्यक्त गरे ।
उक्त कार्यक्रमका विशिष्ट अतिथि गण्डकी प्रदेश सांसद माननीय मीन प्रसाद गुरूङले स्थानीय पाठ्यक्रममा स्थानीय परम्परागत कला, सीप र व्यवसायहरूको उजागर गर्दै ओझेलमा परेका भाषा, संस्कृतिलाई समावेश गर्नुपर्ने धारणा व्यक्त गरे । उनले परम्परागत पेसा र व्यवसायलाई जोगाउँदै तिनलाई आयआर्जनसँग जोड्नुपर्ने, लोकसंस्कृतिका जीवन्त पक्षहरूलाई पाठ्यक्रमले समेट्नुपर्ने धारणा व्यक्त गरेका थिए ।
प्रमुख अतिथि संघीय सांसद माननीय नारायण प्रसाद मरासिनीले शिक्षाले आफूलाई चिन्दै विश्वबजारसँग प्रतिस्पर्धा गर्न सक्ने सक्षम नागरिक तयार गर्दै उद्यमशीलतालाई उजागर गर्नुपर्ने र एक्काइसौं शताब्दीका चुनौतीहरूलाई सामना गर्ने दक्ष जनशक्ति तयार गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।
उनले एकातिर माटोको सुगन्ध नबिर्सने र अर्कातिर आधुनिक विश्व बजारमा बिक्न सक्ने नागरिक बनाउनु आजको शिक्षाको मूल अभिभारा रहेको धारणा व्यक्त गरे । उक्त कार्यक्रममा साभ नेपालका अध्यक्ष अनुसन्धाता तथा लेखक तुलसी प्रवासले स्थानीय पाठ्यक्रमका सम्बन्धमा चर्चा गरे । स्तै पाठ्यक्रम विज्ञ प्राध्यापक ध्रुवराज खनालले स्थानीय पाठ्यक्रम र यसका अन्तराष्ट्रिय अभ्यासका सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले स्थानीयताबाट विश्वव्यापीकरणतिर र विश्वव्यापीकरणबाट स्थानीयतातिरु भन्ने पाठ्यक्रमका मूल प्रवृत्तिहरूलाई जोड्दै पढेर पनि आफ्नो माटो र भुगोल नबिर्सने नागरिक तयार गर्नु आजको आवश्यकता भएको विचार व्यक्त गरे ।
कृषि विज्ञ वासुदेव काफ्लेले स्थानीय पाठ्यक्रममा समावेश गर्नुपर्ने कृषि उत्पादनसँग सम्बन्धित विषयको कार्यपत्र प्रस्तुत गरे । उनले कृषिलाई जीवनसँग जोड्दै स्थानीय कृषिमार्फत् नागरिकलाई आत्मनिर्भर बनाउन स्थानीय पाठ्यक्रमको अहम् भूमिका रहने विचार व्यक्त गरे । उद्घाटन सत्रको अन्त्य गर्दै गाउँपालिका प्रमुख घनश्याम सुबेदीले फेदीखोलाको पहिचान झल्कने वास्तविक दस्तावेजका रूपमा पाठ्यक्रम निर्माण गर्नुपर्ने आफूलाई प्राप्त जिम्मेवारी पूरा गर्नका लागि आफूहरू पूर्ण प्रतिबद्ध रहेको, स्थानीय भाषा, कला संस्कृति, पेसाव्यवसाय, रैथाने ज्ञान, धार्मिक तथा पर्यटकीय स्थलहरू आदिलाई स्थानीय पाठ्यक्रममा समावेश गर्दा त्यसबाट पहिचान र उद्यमशीलताको विकासमा सहयोग पुग्ने धारणा व्यक्त गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
सर्वसाधारणले खरिद गर्न मिल्ने शेयर बिक्रीमा
पुष २६, २०८१ शुक्रबार
५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो
पुष २७, २०८१ शनिबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार
आज यी ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष २७, २०८१ शनिबार