फेदीखोलाको पहिचान झल्कने गरि पाठ्यक्रम निर्माण गर्नुपर्नेमा जोड
नेपालबहस संवाददाता
मंसिर १४, २०७७ सोमबार २:३०:८
१४ मंसिर, स्याङ्जा । लेखक तथा प्राध्यापक युवराज पौडेलको सक्रियता, फेदिखोला गाउँपालिकाको आयोजना र साभ नेपालको सहजीकरणमा तीन दिने पाठ्यक्रम निर्माण कार्यशालाको १३ गते शनिबार उद्घाटन भएको छ ।
प्रमुख अतिथि संघीय सांसद माननीय नारायणप्रसाद मरासिनीले शिक्षाले आफूलाई चिन्दै विश्वबजारसँग प्रतिस्पर्धा गर्न सक्ने सक्षम नागरिक तयार गर्दै उद्यमशीलतालाई उजागर गर्नुपर्ने र एक्काइसौं शताब्दीका चुनौतीहरूलाई सामना गर्ने दक्ष जनशक्ति तयार गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । एकातिर माटोको सुगन्ध नबिर्सने र अर्कातिर आधुनिक विश्व बजारमा बिक्न सक्ने नागरिक बनाउनु आजको शिक्षाको मूल अभिभारा रहेको धारणा उनको थियो ।
उक्त कार्यक्रमका विशिष्ट अतिथि गण्डकी प्रदेश सांसद माननीय मीनप्रसाद गुरूङले स्थानीय पाठ्यक्रममा स्थानीय परम्परागत कला, सीप र व्यवसायहरूको उजागर गर्दै ओझेलमा परेका भाषा, संस्कृतिलाई समावेश गर्नुपर्ने धारणा व्यक्त गरे । उनले परम्परागत पेशा र व्यवसायलाई जोगाउँदै तिनलाई आयआर्जनसँग जोड्नुपर्ने, लोकसंस्कृतिका जीवन्त पक्षहरूलाई पाठ्यक्रमले समेट्नुपर्ने धारणा व्यक्त गरेका थिए ।
शुभकामना मन्तव्य दिँदै पुतलीबजार नगरपालिकाका उपप्रमुख महेश पुरीले स्थानीय स्रोत र विज्ञताको उपयोगद्वारा स्थानीय जीवनका आवश्यकताहरू पुरा गर्ने महत्वपूर्ण अभिभारा स्थानीय निकायलाई प्राप्त भएकाले यसलाई अवसरका रूपमा लिनुपर्ने धारणा व्यक्त गरे । उक्त कार्यक्रममा साभ नेपालका अध्यक्ष अनुसन्धाता तथा लेखक तुलसी प्रवासले स्थानीय पाठ्यक्रमका सम्बन्धमा चर्चा गरेका थिए ।
त्यस्तै पाठ्यक्रम विज्ञ प्राध्यापक ध्रुवराज खनालले स्थानीय पाठ्यक्रम र यसका अन्तर्राष्ट्रिय अभ्यासका सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका छन् ।उनले “स्थानीयताबाट विश्वव्यापीकरणतिर र विश्वव्यापीकरणबाट स्थानीयतातिर” भन्ने पाठ्यक्रमका मूल प्रवृत्तिहरूलाई जोड्दै पढेर पनि आफ्नो माटो र भुगोल नबिर्सने नागरिक तयार गर्नु आजको आवश्यकता भएको विचार व्यक्त गरेका छन् ।
कृषि विज्ञ वासुदेव काफ्लेले स्थानीय पाठ्यक्रममा समावेश गर्नुपर्ने कृषि उत्पादनसँग सम्बन्धित विषयको कार्यपत्र प्रस्तुत गरे । उनले कृषिलाई जीवनसँग जोड्दै स्थानीय कृषिमार्फत् नागरिकलाई आत्मनिर्भर बनाउन स्थानीय पाठ्यक्रमको अहम् भूमिका रहने विचार व्यक्त गरे ।
त्यस्तै गाउँपालिका उपाध्यक्ष देवी थापा, शिक्षक सङगठनकी नेता जमुना चापागाईं, राप्रपा नेता विश्वबन्धु पौडेल, फेदीखोलाका काङ्ग्रेस युवा नेता महेन्द्र थापा, गण्डकी प्रदेश प्याब्सन सल्लाहाकार तथा बौद्धिक व्यक्तित्व पुष्पराज बराल, पुतलीबजार नगरपालिकाका उपप्रमुख महेश पुरी, प्रजातन्त्रका सेनानी तारापति सुवेदी लगायतका व्यक्तित्वहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
उद्घाटन सत्रको अन्त्य गर्दै गाउँपालिका प्रमुख घनश्याम सुवेदीले फेदीखोलाको पहिचान झल्कने वास्तविक दस्तावेजका रूपमा पाठ्यक्रम निर्माण गर्नुपर्ने आफूलाई प्राप्त जिम्मेवारी पूरा गर्नका लागि आफूहरू पूर्ण प्रतिबद्ध रहेको, स्थानीय भाषा, कला संस्कृति, पेसाव्यवसाय, रैथाने ज्ञान, धार्मिक तथा पर्यटकीय स्थलहरू आदिलाई स्थानीय पाठ्यक्रममा समावेश गर्दा त्यसबाट पहिचान र उद्यमशीलताको विकासमा सहयोग पुग्ने धारणा व्यक्त गरे ।
कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद नारायण मरासिनी, विशिष्ट अतिथि गण्डकी प्रदेश सांसद मीनप्रसाद गुरूङ, पाठ्यक्रम विज्ञ ध्रुवराज खनाल, कृषि विज्ञ वासुदेव काफ्ले, लेखक तथा प्राध्यापक युवराज पौडेल, लेखक तथा प्राध्यापक सुन्दर मानन्धर, गाउँपालिका उपाध्यक्ष देवी थापासहित सम्पूर्ण जनप्रतिनिधिहरू, शिक्षाविद् तथा समाजसेवी तारापति सुवेदी, नेपाल राष्ट्रिय शिक्षक सङगठनका उपाध्यक्ष जमुना चापागाईँ, नेपाली काङ्ग्रेसका युवा नेता महेन्द्र थापा, विभिन्न विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समितिका अध्यक्षहरू, विभिन्न सामाजिक तथा शैक्षिक सङ्घ संस्थाका प्रतिनिधिहरू, विभिन्न विषयका शिक्षकहरू लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
सो कार्यक्रमको सभापतित्व फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले र कार्यक्रम सञ्चालन रूपक बरालले गरेका छन् । सो कार्यक्रममा गाउँपालिका शिक्षा शाखा संयोजक रामचन्द्र गुरूङले सहभागी अतिथिहरूलाई स्वागत गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार