नेपाल र चीनबीच फेरि सैन्य तालिम फेरि सुरु हुने
नेपालबहस संवाददाता
मंसिर १५, २०७७ सोमबार १४:२६:३१
१५ मंसिर, काठमाडौं । चिनियाँ जनमुक्ति सेना र नेपाली सेनाबीच कोभिड–१९ का कारण झन्डै एक वर्षदेखि रोकिएका तालिम तथा शिक्षार्थी आदान–प्रदानका कार्यहरु फेरि सुरु हुने भएको छ । नेपाल भ्रमणका क्रममा चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङहे र नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाबीच आइतबार दिउँसो सैनिक मुख्यालय जंगीअड्डामा भएको भेटवार्तामा दुई मुलुक बीचमा कोभिड–१९ का कारण रोकिएका सहयोग, सहकार्य र अभ्यासहरुलाई फेरि सुचारु गर्ने सहमति भएको हो ।
योसँगै नेपाल र चीनका सेनाबीच रोकिएको तेस्रो सगरमाथा मैत्री संयुक्त सैन्य अभ्यास पनि हुने पक्का भएको छ । तर अहिले मिति भने तय गरिएको छैन । नेपाली सेनाद्वारा जारी विज्ञप्तिअनुसार विगतमा सहमति भएका सैनिक सहायता प्राप्ति सम्बन्धी प्रगति बारेमा पनि छलफल भएको थियो । भेटमा परराष्ट्र मन्त्रालयका अधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।
यसैबीच रक्षामन्त्री वेईले नेपाली सेनाको कोभिड–१९ महामारी विरुद्धको प्रतिकार्यको सहयोगका लागिसमेत प्रतिबद्धता व्यक्त गरेको छन् । सैनिक प्रवक्ता तथा सहायक रथी सन्तोषबल्लभ पौडेलका अनुसार कोभिड–१९ नियन्त्रणका लागि आवश्यक सामग्रीहरु भेन्टिलेटर, मुभ एवल मेडिकल अस्पताल तथा अन्य संक्रमणलाई नियन्त्रण गर्न आवश्यक स्वास्थ्य सामग्रीहरु सहयोग गर्ने प्रतिबद्धता चीनले जनाएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी भारत फर्किए
मंसिर ९, २०८१ आइतबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार