सीमावर्ती क्षेत्रका प्रत्येक नौ किलोमिटरमा बिओपी स्थापना
नेपालबहस संवाददाता
मंसिर १६, २०७७ मंगलबार १२:४५:२९
१६ मंसिर, सर्लाही । भारतसँग सीमा जोडिएको सर्लाहीसहित प्रदेश नं २ का आठ जिल्लाका सीमावर्ती क्षेत्रमा प्रत्येक नौ किलोमिटरको दूरीमा सशस्त्र प्रहरी बलको एउटा बिओपी ‘सीमा सुरक्षा पोष्ट’स्थापना गरिएको छ । सीमा क्षेत्रमा हुनसक्ने आपराधिक र अवाञ्छित गतिविधि नियन्त्रणका साथै सीमा सुरक्षाको कामलाई थप प्रभावकारी बनाउन सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी बलको बिओपी स्थापना भएको हो ।
प्रदेश नं २ का आठ जिल्लामा हाल ६३ वटा बिओपी रहेका छन भने भारतसँग ४६४ किलोमिटर खुल्ला सिमाना जोडिएको भूभाग रहेको छ । ५१ किलोमिटर खुल्ला सिमाना रहेको सर्लाहीमा नौवटा बिओपी छन् । प्रदेश नं २ का आठ जिल्लामा पर्सामा १३ वटा बिओपी रहेका छन् । त्यसैगरी बारामा सात, रौतहटमा पाँच, महोत्तरीमा आठ ,धनुषामा सात, सिरहामा सात र सप्तरीमा सात वटा विओपी छन् ।
सीमा क्षेत्रमा हालसम्म ६ देखि ९ किमीको दूरीमा सशस्त्र प्रहरी बलको एउटा बिओपी रहेको छ । सीमापारि भारतीय भूमिमा प्रत्येक पाँच किलोमिटरको दूरीमा त्यहाँको सीमा सुरक्षा बल ९एसएसबी०को पोष्ट सञ्चालनमा रहेको जनाइएको छ ।
छिन्नमस्ता वाहिनीका वाहिनीपति चन्द्रप्रकाश गौतमका अनुसार प्रत्येक सातदेखि नौ किलोमिटरको दूरीमा बिओपी स्थापना गरिएको छ । पछिल्लो समयमा केही बिओपी थपिएपछि भारतसँग ४६४ किलोमिटर खुल्ला सिमाना रहेको प्रदेश नं २ मा अब सातदेखि नौ किलोमिटरको दूरीमा बिओपी स्थापना भएको हो । सीमाको सुरक्षाका साथै चोरी, तस्करीजस्ता अवैध गतिविधि रोक्न भन्दै सिमामा बिओपिहरु थप गरिएको हो ।
नेपाल सरकारले भारत र चीनसँग सीमा जोडिएको नेपालको सीमावर्ती क्षेत्रमा करिब ५०० बिओपीको स्थापना गर्ने लक्ष्य राखेको छ । सङ्घीय सरकारको योजना अनुसार प्रदेश नं २ मा अझै ९२ वटा बिओपी स्थापना हुनेछन् । जग्गा विवाद नरहेका स्थानहरुमा केही समयमै बिओपीहरु स्थापना हुने वाहिनीपति गौतमले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजश्वको इमाडोलमा छापा, चिनियाँ नाकाबाट आएको करोडौंको भेप बरामद
पुष २८, २०८१ आइतबार
सशस्त्र र नेपाल प्रहरीसम्बन्धी विधेयक संसदमा पेस हुँदै
पुष २७, २०८१ शनिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार