चन्द्रागिरि नगरपालिकाद्वारा १० लाखमा एम्बुलेन्स खरिद
नेपालबहस संवाददाता
मंसिर १६, २०७७ मंगलबार १२:३०:४२
१६ मंसिर, काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकाले एम्बुलेन्स खरिद गरेको छ । काठमाडौं उपत्यकाका प्रवेशद्वारमा रहेको सो नगरपालिकाले नगरवासीलाई स्वास्थ्य संस्थामा आवतजावतको सहजताका लागि आज एम्बुलेन्स खरिद गरेको हो ।
टाटा कम्पनीले भर्खरै सार्वजनिक गरेको एम्बुलेन्स चन्द्रागिरिले विशेष छुटका साथ रु १० लाखमा खरिद गरेको नगरपालिकाका प्रमुख घनश्याम गिरिले जानकारी दिए। खरिद गरिएको एम्बुलेन्स नगरपालिकाको मातहतमा सञ्चालन हुने उनको भनाइ छ । एम्बुलेन्स खरिदसँगै नगरपालिकाभित्रका बिरामीले राहत पाउने भएका छन् ।
नगरपालिकाले चन्द्रागिरीभित्रका जनताको स्वास्थ्यलाई ध्यानमा राखेर नगरपालिकाको ८ नं वडामा १५ श्ययाको नगरस्तरीय अस्पतालसमेत सञ्चालनमा ल्याइसकेको छ । पछिल्लो समयमा जुनसुकै एम्बुलेन्सले कोभिड–१९ का बिरामी बोक्न नमानेको अवस्थामा चन्द्रागिरिले नगरमा सञ्चालन गर्नका लागि एम्बुलेन्स खरिद गरेको हो ।
चन्द्रागिरि नगरपालिकाले दमकलसमेत खरिद गर्ने भएको छ । चन्द्रागिरिले नगरपालिकाभित्र आवश्यक पर्ने दमकल, एम्बुलेन्स र नगर प्रहरी भ्यान खरिदका लागि गत आर्थिक वर्षमा रु एक करोड ७० लाख रकम विनियोजन गरेको थियो । नगरप्रमुख गिरीले चन्द्रागिरिमा हुनसक्ने आगलागीका घटना तत्काल नियन्त्रणका लागि आवश्यक पर्ने दमकल खरिद लागेको बताए ।
यस्तै, नगरपालिकाले नागढुङ्गादेखि कलङ्कीसम्म आकाशे पुल निर्माणका लागि रु एक करोड बजेट विनियोजन गरेको छ । नगरपालिकाले चन्द्रागिरिको मुख्य सडकमा हुने दुर्घटनामा कमी ल्याउन आकाशे पुल निर्माण गर्न लागेको हो । नगरपालिकाले काठमाडौं भित्रिने प्रमुख स्थान नागढुङ्गामा प्रवेश द्वारसमेत निर्माण गर्ने भएको छ । प्रवेशद्वार निर्माणका लागि नगरपालिकाले रु एक करोड बजेट विनियोजन गरेको छ । वाग्मती प्रदेशकै सबैभन्दा ठूलो यस नगरपालिकामा १५ वडा रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरपालिकाले ७२० जना शिक्षकलाई तालिम दिने
पुष २६, २०८१ शुक्रबार
निकञ्जमा घाँसेमैदान व्यवथापनको काम काम सुरु
पुष २५, २०८१ बिहिबार
‘दलित समुदायको उत्थानका लागि राज्यले ठोस योजना बनाउन जरुरी’
पुष २१, २०८१ आइतबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार
५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो
पुष २७, २०८१ शनिबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार