आगामी पुसमा प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट हुने
नेपालबहस संवाददाता
मंसिर १६, २०७७ मंगलबार १५:२०:३१
१६ मंसिर, काठमाडौं । आगामी पुस महिनामा प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट हुने भएको छ । नेपाल क्रिकेट संघ ‘क्यान’ले पुरुष क्रिकेट प्रतियोगिता पुस ११ गतेदेखि काठमाडौंमा गर्ने गरी तयारी सुरु गरिसकेको छ ।
पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि क्यानले खेलाडी छनोट गर्न जिल्ला क्रिकेट संघलाई पत्राचार गर्दै सम्पूर्ण प्रादेशिक क्रिकेट संघलाई पनि बोधार्थ गरेको छ । प्रतियोगिताको लागि मंसिर २१ गतेभित्र जिल्ला टिम छनोट गरी प्रादेशिक क्रिकेट संघ र क्यानमा जानकारी गराउन क्यानले भनेको छ ।
यस्तै क्यानले जिल्ला टिम छनोट गर्नका लागि विभिन्न ६ वटा बुँदा तय गरेको छ । जिल्ला टिम तयारीका लागि क्यानले जिल्लालाई २० हजार नगद र एक दर्जन बल उपलब्ध गराउने जनाएको छ । यस्तै संघको पूर्वकार्यक्रम अनुसार यसअघि नै छनोट भइसकेका जिल्ला टिमलाई भने निरन्तरता दिने वा नदिने जिल्ला संघको हुने पनि क्यानले जनाएको छ ।
टिम छनोट गर्दा विवाद रहित तरिकाले निष्पक्ष छनोट गर्ने जिम्मेवारी जिल्ला संघको हुने क्यानले जनाएको छ । कोरोना महामारीका बेला हुन लागेको प्रतियोगिता र छनोट रक्याम्प सम्बन्धी जिल्ला स्थानीय तहबाट स्विकृती लिने जिम्मेवारी जिल्ला संघको हुनेछ ।
यस्तै प्रधानमन्त्री कप प्रादेशिक प्रतियोगिता २०७७ पुस ७ गतेसम्म सम्पन्न गर्नुपर्ने भनिएको छ । त्यसका लागि सम्बन्धित प्रादेशिक क्रिकेट संघसँग समन्वय गर्न जिल्ला संघलाई भनिएको छ । जिल्ला टिम छनौटको बिल भर्पाइ सहितको प्रतिबेदन संघमा पेश भएपछि मात्र अनुदान रकम निकासा गरिने क्यानले बताएको छ ।
राष्ट्रिय पुरुष टिमले गत मार्थमा थाइल्याण्डमा एसिसी इस्टर्न रिजन टी-२० खेलेपछि कुनै प्रतियोगिता खेलेको छैन । कोरोना महामारीले गर्दा झण्डै ९ महिना मैदान बाहिर रहेको राष्ट्रिय क्रिकेट ६िमले यही मंसिर ११ देखि बन्द प्रशिक्षण सुरु गरेको छ । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता दाङको लमहीमा हुने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपीएल : कर्णाली याक्सद्वारा जनकपुर बोल्ट्सलाई १४२ रनको लक्ष्य
मंसिर १७, २०८१ सोमबार
एनपीएल : जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्स ब्याटिङ गर्दै
मंसिर १७, २०८१ सोमबार
चितवनसँग काठमान्डु गुर्खाज ५ विकेटले पराजित
मंसिर १७, २०८१ सोमबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार