मृगौला रोगीलाई सहयोग गर्न अमेरिकामा आर्थिक संकलनको अभियानमा जुटे अभियान्ता दिनदयाल
नेपालबहस संवाददाता
मंसिर १६, २०७७ मंगलबार १६:५६:५४
१६ मंसिर, काठमाडौं । मृगौला रोग भन्ने बित्तिकै जटिल रोग हो भन्ने बुझिन्छ । जटिल नहोस पनि कसरी, उपचार खर्च नै गरिबका लागि कहालीलाग्दो प्राय असम्भव जस्तै छ। स्वयम प्रधानमन्त्री केपी शर्मा ओली समेत मृगौला रोगी भएकै कारण राज्यको करोडौं खर्चमा अर्को मृगौला प्रत्यारोपण गरेर बाँचेको खबर हामी सबैले सुनेकै हो ।
रोग भन्ने कुराले न धनी न गरिब केही भन्दैन । बस लाग्छ रोग विविध कारणले, समस्यामा तब रोगी र रोगीका परिवार जन पर्छन । जब न रोगी रहने हो न गरिबको गरिखाने सम्पत्ति नै रहने हो भन्ने पिरलोले दिनरात पिरोल्न थाल्छ । मृगौला रोगको समस्यामा परेकाका परिवारजनले सडकमा सहयोग संकलन गर्दै हिडेको हामी दिनहुँ जसो देख्ने गर्छौ ।
मनभरि आफ्नो परिवारको रोगी सदस्य बचाउने अठोट बोकेर बीस, पचास, सय, हजार संकलन गरेर लाखौ पुर्याउन कति महिना सडकमा भौतारिनु पर्ला ? त्यसको अनुमान सहजै गर्न सकिन्छ । अस्पतालले भनेको समयमा पैसा दिन नसकेर कतिले अकालमा ज्यान गुमाएको खबरहरु पनि बाहिरिने गर्छन । सडकमा मागेको रुपैयाँले लाखौं लाखको खुत्रुके भर्नु भनेको सहज पनि त छैन, आखिर ।
यस्तै मृगौला रोगकै कारण परिवारकै उठिबास हुनेभयो भनेर चिन्तित बनेका स्याङ्जा गल्याङ नगरपालिकाका गरिब परिवारका दुईजनालाई भने अमेरिकामा आर्थिक सहयोगको अभियान चलेछ । त्यो अभियान चलाउने ब्यक्ति हुन स्याङ्जाका सामाजिक अभियान्ता दिनदयाल भण्डारी ‘दिनेश’ । हाल अमेरिका रहेका उनी स्याङ्जा समाज अमेरिकाका सदस्य समेत रहेका छन् । उनकै नेतृत्वमा दुई लाख आठ हजार सात सय सतसठ्ठी रुपैयाँ संकलन गरेर पीडित मृगौला रोगीलाई हस्तान्तरण समेत भैसकेको छ ।
गल्याङ नगरपालिका ०१ निवासी बर्ष ४८ की लक्ष्मी पराजुली ‘बस्याल ‘ र बर्ष २६ का बिष्नु बि.क को दुबै मृगौला फेलभई लामो समयदेखी उपचार गर्दै गरेका उनीहरु पैसाको अभाबमा छटपटाइ रहेका थिए । पीडित परिवारको आर्थिक अवस्था अत्यन्तै नाजुक भएकै कारण उपचार खर्च जुटाउन हम्मे हम्मे परेको खबर प्राप्त गर्ने बित्तिकै मेरो मन थामिनसक्नु पीडा बोध भयो भन्छन्, स्याङ्जा समाजका सदस्य दिनदयाल भण्डारी ।
गरिबीकै कारण रोगको उपचारबाट समेत बन्चित हुनुपर्ने अबस्था कोही कसैको हुन नहुने र यदि त्यस्तो भएका आफ्नो एकछाक काटेर पनि पीडितलाई सहयोग गर्नुपर्छ भन्छन दिनदयाल । वैदेशिक रोजगारमा गएका युवाहरुले चलाएको देशलाई रोग,भोक र शोक पर्न नदिन दिनरात मेहनत रहेको तर देशका नेता र तिनको राजनीति देख्दा दिक्क लाग्ने कुरा दिनदयाल व्यक्त गर्छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार