कोर इलाकामा ३५ वर्षको भाले गैँडा मृत फेला
नेपालबहस संवाददाता
मंसिर १६, २०७७ मंगलबार १८:१४:२१
१६ मंसिर, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा सोमबार एउटा गैँडा मृत फेला परेको छ । निकुञ्जको भित्री ‘कोर’ इलाकामा ३५ वर्षको भाले गैँडा मृत फेला परेको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार रिउ र राप्ती नदीको दोभानको दक्षिण किनारमा मृतावस्थामा गैँडा फेला परेको हो ।
सो गैँडा बूढो भएर कालगतिले मरेको आकलन गरिएको छ । उक्त गैँडा निकुञ्जको बाघमारा पोष्ट र गोलाघाट क्षेत्रमा नियमितरूपमा देखिने गरेको र रेखदेखमा नै रहेको अधिकारीले जानकारी दिए । उक्त गैँडाको खाग खुर सुरक्षित रहेको छ । यससँगै चालु आर्थिक वर्षमा प्राकृतिक कारणले १३ र चोरी शिकारीबाट चार गैँडा मारिएका छन् ।
निकुञ्जमा गैँडा मर्ने र मारिने क्रम बढेपछि निकुञ्जले समिति बनाएर अध्ययन गरिरहेको छ । यस विषयमा प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिलेसमेत निकुञ्जको स्थलगत अवलोकन गर्नुका साथै निकुञ्जका कर्मचारी तथा सुरक्षाकर्मी र स्थानीय जनप्रतिनिधिसँग छलफल गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का
मंसिर १३, २०८१ बिहिबार
पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान
मंसिर १२, २०८१ बुधबार
शे–फोक्सुण्डो तालमा पर्यटकको आगमन जारी
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
पालिकाद्वारा गाईपालक किसानलाई प्रोत्साहनस्वरुप अनुदान
मंसिर १३, २०८१ बिहिबार
वीरगञ्जबाट काठमाडौं हिँडेको कन्टेनर चुरियामाई उकालोमा पल्टियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
मंसिर १३, २०८१ बिहिबार
एनपीएल खेल्न नेपाल आइपुगे जिशान मक्सुद
मंसिर १३, २०८१ बिहिबार
म्याग्दीमा पर्यटन पूर्वाधार निर्माण गर्न ११ योजना
मंसिर १३, २०८१ बिहिबार
जाडोमा किन बढ्छ हृदयघातको जोखिम ?
मंसिर १३, २०८१ बिहिबार
अनलाइन जुवा खेलाउने एकै व्यक्तिको खातामा ५५ करोड, ७५ वटा बैंक खाता र १ सय २८ इसेवा
मंसिर १३, २०८१ बिहिबार