वालिङका मेयर खाँणकी आमाको निधन खबरले नेता गुरुङ दु:खित
नेपालबहस संवाददाता
मंसिर १७, २०७७ बुधबार १४:४९:३७
१७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता धनराज गुरुङले स्याङ्गजाकाे वालिङ नगरपालिकाका प्रमुख दीलिपप्रताप खाँणकी ममतामयी आमा फूलकुमारी खाँणको ८६ बर्षको उमेरमा निधन भएको खबरले अत्यन्तै दुखित तुल्याएको बताएका छन् ।
खाँणकी माता फूलकुमारी खाँणको ८६ बर्षको उमेरमा वालिङ ८ स्थित निवासमा निधन भएको हो । आमा फूलकुमारीप्रति नेता गुरुङले भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक संतप्त परिवारजनमा हार्दिक समवेदना ब्यक्त गरेका छन् ।
उनले सामाजिक सञ्जालमा समवेदना प्रकट गर्दै भनेका छन् , “स्याङ्गजा वालिङ नपा प्रमुख आदरणीय मित्र दीलिपप्रताप खाँणकी ममतामयी आमा फूलकुमारी खाणको ८६ बर्षको उमेरमा निधन भएको खवरले अत्यन्तै दुखित तुल्याएको छ। आमा फूलकुमारीप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक संतप्त परिवारजनमा हार्दिक समवेदना ब्यक्त गर्दछु।”
स्वर्गीय खाँणमा कुनै पनि दीर्घरोग नरहेको परिवारले जनाएका छन् । स्वर्गीय खाँणका ५ छोरा तथा १ छोरी मध्ये दुई छोराको यसअघि नै निधन भइसकेको छ ।
स्वर्गीय फूलकुमारी खाँणको आज रामनदीधाम राम्दीमा हिन्दु परम्परा अनुसार अन्तिम संस्कार गरिने परिवारका सदस्य एवं समाजसेवी बिष्णुप्रताप खाँणले जानकारी दिए ।
स्वर्गीय फूलकुमारी खाँणका पति स्वर्गीय यमबहादुर खाँण बिक्रम सम्वत २०१५ सालका नेपाली कांग्रेसका सांसद हुन् । खाँण परिवार ग्रह्रौंकोट राजा खानदान अन्तर्गतको परिवार हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार