गर्भवती आमासँग उपाध्यक्ष कार्यक्रम सञ्चालन
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
मंसिर १७, २०७७ बुधबार २१:३८:३९
![](https://nepalbahas.prixacdn.net/media/albums/garba_kd4fAXevU5.jpg)
१७ मंसिर, कर्णाली । स्वास्थ्य संस्थामा सुत्केरी हुने दरलाई बढाउनेदेखि घरमा सुत्केरी हुने कार्यलाई निरुत्साहित गर्न र मातृशिशु स्वास्थ्य प्रवद्र्धनका लागि तिला गाउँपालिकाले गर्भवती आमासँग उपाध्यक्ष कार्यक्रम सञ्चालन गरेको छ ।
गाउँपालिकाले गत वर्षबाट शुरु गरेको यस कार्यक्रमलाई थप प्रभावकारी बनाउन परिमार्जनसहित चालू आर्थिक वर्ष २०७७/०७८ मा निरन्तरता दिएको गाउँपालिका उपाध्यक्ष विष्णु बुढाले बताउनुभयो ।
गत वर्षभन्दा यो वर्ष कार्यक्रम परिमार्जित गरेर गर्भवती आमालाई राहत हुने गरी कार्यक्रम सञ्चालन गर्न लागिएको उनको भनाइ छ । उनले गर्भावस्थाको विशेष समयमा महिलालाई अतिरिक्त स्वास्थ्य सेवा, पोषण, स्याहार र सरसफाइ आवश्यक हुने हुँदा त्यसको सन्देश प्रवाहका लागि यो कार्यक्रम शुरु गरिएको बताए ।
यस कार्यक्रमको प्रभावकारी कार्यान्वयनबाट नियमित गर्भजाँच गराउन सरकारी स्वास्थ्य संस्थामा जाने महिलाको सङ्ख्यामा वृद्धि भई मातृशिशु स्वास्थ्य प्रवद्र्धनमा टेवा पुग्ने विश्वास स्थानीयवासीको छ । गर्भावस्थामा नियमित चार पटक सरकारी स्वास्थ्य संस्थामा गर्भ जाँच गराउने महिलालाई विभिन्न ‘उपहार’ दिने व्यवस्था गरिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपठाउँठाउँमा पहिरो खस्दा कर्णाली करिडोर अवरुद्ध
असार १४, २०८१ शुक्रबार
तातोपानी गाउँपालिकाले एकल पुरुष भत्ता कार्यक्रम लागू गर्ने
असार १२, २०८१ बुधबार
वर्षा नहुँदा जुम्ली किसानलाई रोपाइँमा समस्या
असार ६, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १७, २०८१ सोमबार
नेकपा एसको महाधिवेशनमा अरु शीर्ष गए, ओली गएनन्
असार १६, २०८१ आइतबार
युरोकपमा आज फ्रान्स र बेल्जियम बीच कडा प्रतिस्पर्धा हुने
असार १७, २०८१ सोमबार
पोखराबाट जाोमसम उडेको तारा एयरको जहाज वेपत्ता
असार १७, २०८१ सोमबार
चौबिसै घण्टा खुला गरिएसँगै चलायमान बन्दै ठमेल र दरबारमार्गका व्यवसाय
असार १७, २०८१ सोमबार
व्यवसायिक बाख्रापालनबाट वार्षिक चार लाख बचत
असार १७, २०८१ सोमबार
अपाङ्गता भएकालाई निःशुल्क व्हील चेयर र कमोट चेयर प्रदान
असार १७, २०८१ सोमबार
इजरायलको गोलान हाइट्समा ड्रोन आक्रमणमा परी १८ इजरायली सैनिक घाइते
असार १७, २०८१ सोमबार