उद्यमशील कर्जाका लागि व्याज अनुदानसम्बन्धी सम्झौता
नेपालबहस संवाददाता
मंसिर १७, २०७७ बिहिबार ४:१२:२०
१७ मंसिर, विदुर । नुवाकोटको तादी गाउँपालिकाका उद्यमी व्यवसायीका लागि उद्यमशील कर्जाका लागि व्याज अनुदानसम्बन्धी सम्झौता भएको छ । गाउँपालिका, कृषि विकास बैंक खरानीटार शाखा र नुवाकोट उद्योग वाणिज्य संघले सो सम्झौतामा आज हस्ताक्षर गरेका छन् ।
गाउँपालिकाको सिफारिसमा बैंकले लगानी गर्ने तथा लगानी गरिएका उद्यमीलाई गाउँपालिका र संघले प्राविधिक सहयोग गर्नेगरी आज सम्झौतामा हस्ताक्षर गरिएको गाउँपालिकाका प्रमुख नारायण पाण्डेले जानकारी दिए ।
उनका अनुसार व्यावसायिक कृषि तथा पशुपक्षी कर्जा रु पाँच करोड, शिक्षित युवा स्वरोजगार कर्जा रु सात लाख, विदेशबाट फर्किएका युवा स्वरोजगार कर्जा रु १० लाख, महिला उद्यमशील कर्जा रु १५ लाख, दलित समुदाय व्यवसाय विकास कर्जा रु १० लाख, उच्च र प्राविधिक तथा व्यावसायिक कर्जा रु पाँच लाख र भूकम्प पीडितको निजी आवास निर्माण कर्जा रु तीन लाखसम्म लिन सकिने छ ।
व्यवसायीले तीनदेखि चार प्रतिशतसम्म तिर्नुपर्ने तथा सङ्घीय सरकारले पाँचदेखि छ प्रतिशतसम्म व्याज तिरिदिने छ । हाल नेपालका वाणिज्य बैंकको व्याजदर आठ देखि १० प्रतिशत रहेको जनाइएको छ ।
गाउँपालिका प्रमुख पाण्डेका अनुसार उद्यमशील कर्जाका लागि व्याज अनुदानको सम्झौताको समयअवधि भने नेपाल राष्ट्र बैंकबाट व्याज अनुदान कार्याविधिको कार्यान्वयन गरेसम्मका लागि हुने छ, उद्यमीका लागि कर्जा भुक्तानी समयावधि पाँच वर्षको हुने छ । सम्झौतामा गाउँपालिका प्रमुख पाण्डे, संघका अध्यक्ष ताराबहादुर कार्की र बैंक खरानीटार शाखा प्रबन्धक राजु मिजारले हस्ताक्षर गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमायादेवी मन्दिरमा एक करोड ४३ लाख दान सङ्कलन
पुष २४, २०८१ बुधबार
‘संस्कृतिलाई आर्थिक उत्पादनसँग जोडेर आयआर्जन गर्नुपर्छ’
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार
आज यी ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष २७, २०८१ शनिबार
पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै
पुष २७, २०८१ शनिबार