पीएम कप क्रिकेट : सुदूरपश्चिमको छनोट तालिका सार्वजनिक
नेपालबहस संवाददाता
मंसिर १८, २०७७ बिहिबार १४:७:७
१८ मंसिर, बैतडी । प्रधानमन्त्री कप ‘पीएम’ एकदिवसीय पुरुष तथा महिला क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमको प्रदेशस्तरीय छनोटको मिति तथा खेल तालिका सार्वजनिक भएको छ । बुधबार नेपाल क्रिकेट संघ, सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले खेल तालिका सार्वजनिक गरेको हो ।
सार्वजनिक खेल तालिकाअनुसार पुरुषको मंसिर २७ देखि र महिलाको छनोट प्रतियोगिता पुस ४ गतेदेखि छनोट शुरु हुनेछ । नेपाल क्रिकेट संघका सुदूरपश्चिम सचिव तेजप्रकाश भट्टले पुरुषको छनोट प्रतियोगिता कञ्चनपुरको महेन्द्रनगर र महिलाको कैलालीको धनगढीमा सञ्चालन हुने जानकारी दिए ।
छनोटमा पुरुषतर्फ प्रदेशका आठ टोली तथा महिलातर्फ छ टोली सहभागी हुनेछन् । मंसिर २७ गते हुने पुरुषको छनोटको पहिलो खेलमा अछाम र डोटी भिड्ने जनाइएको छ । यस्तै पुस ४ गते हुने महिलाको छनोटको पहिलो खेलमा कैलाली र डोटी भिड्ने बताइएको छ । उक्त छनोटबाट अगामी पुस दोस्रो सातादेखि सञ्चालन हुने प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि सुदूरपश्चिमको टोली छनोट हुनेछ ।
प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अगामी पुस ११ गतेबाट हुँदैछ । महिलातर्फका खेल दाङमा सञ्चालन हुनेछन् भने पुरुषतर्फका काठमाडौंमा हुने नेपाल क्रिकेट संघले जनाएको छ । प्रधानमन्त्री कपमा तीन विभागीयसहित १० टिमको सहभागिता हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपीएल : कर्णाली याक्सद्वारा जनकपुर बोल्ट्सलाई १४२ रनको लक्ष्य
मंसिर १७, २०८१ सोमबार
एनपीएल : जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्स ब्याटिङ गर्दै
मंसिर १७, २०८१ सोमबार
चितवनसँग काठमान्डु गुर्खाज ५ विकेटले पराजित
मंसिर १७, २०८१ सोमबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार