सिमकोट विमानस्थलकाे कर्मचारी बस्ने घरमा लागेको आगो नियन्त्रणमा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
मंसिर १८, २०७७ बिहिबार १५:१४:४०
![](https://nepalbahas.prixacdn.net/media/albums/biman_e5pxQv7Thr.jpg)
१८ मंसिर, हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट विमानस्थलका कर्मचारी बस्ने घरमा लागेको आगो नियन्त्रणमा आएको छ । सिमकोट विमानस्थलको कार्यालय प्रमुखलगायतका कर्मचारी बस्ने घरमा बिहान आगो लाग्दा तीन वटा कोठा जलेका छन् ।
आगो नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र सदरमुकाम सिमकोटका स्थानीय बासिन्दाले ४ घण्टा लगाएर आगो नियन्त्रणमा आएको हो ।कोठामा रहेका सामग्री पनि जलेको र क्षतिको विवरण संकलन गर्ने काम भैरहेको छ ।
आज बिहान ४ बजेतिर विमानस्थल प्रमुख बस्ने घरको पछाडि रहेको विद्युत तारबाट आगलागी भएको हुनसक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
आगो नियन्त्रणका क्रममा जिल्ला प्रहरी कार्यालय हुम्लाका कर्मचारी गणेश सुइयाल घाइते भएका छन् । उनको हातमा चोट लागेको र उपचार भैरहेको छ । अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपठाउँठाउँमा पहिरो खस्दा कर्णाली करिडोर अवरुद्ध
असार १४, २०८१ शुक्रबार
तातोपानी गाउँपालिकाले एकल पुरुष भत्ता कार्यक्रम लागू गर्ने
असार १२, २०८१ बुधबार
वर्षा नहुँदा जुम्ली किसानलाई रोपाइँमा समस्या
असार ६, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १७, २०८१ सोमबार
नेकपा एसको महाधिवेशनमा अरु शीर्ष गए, ओली गएनन्
असार १६, २०८१ आइतबार
एसईई मौका परीक्षा साउन २३ गतेदेखि सञ्चालन हुने
असार १६, २०८१ आइतबार
व्यवसायिक बाख्रापालनबाट वार्षिक चार लाख बचत
असार १७, २०८१ सोमबार
अपाङ्गता भएकालाई निःशुल्क व्हील चेयर र कमोट चेयर प्रदान
असार १७, २०८१ सोमबार
इजरायलको गोलान हाइट्समा ड्रोन आक्रमणमा परी १८ इजरायली सैनिक घाइते
असार १७, २०८१ सोमबार
‘यार्सागुम्बा’ अर्थात् महङ्गो जैविक कीराको खोजी
असार १७, २०८१ सोमबार
स्थानीय उत्पादन प्रवर्द्धन गर्न बेनीमा आजदेखि कोसेलीघर सञ्चालनमा
असार १७, २०८१ सोमबार
लगानी सहजीकरण सम्बन्धमा उद्योगमन्त्री र तीन दलका प्रमुख सचेतकबीच छलफल
असार १७, २०८१ सोमबार