गल्याङ जेसिजद्वारा ७५ जना वृद्धवृद्धालाई न्यानो कपडासहित सम्मान
नेपालबहस संवाददाता
मंसिर १८, २०७७ शुक्रबार ३:५२:२९
♦ साधना न्यौपाने
१८ मंसिर स्याङ्जा । गल्याङ् जेसिजको सप्ताह व्यापी कार्यक्रमको उद्घाटन तथा वृद्ध वृद्धा सम्मान कार्यक्रम, गल्याङ नगरपालिका ११ स्थित जिमुहामा सम्पन्न भएको छ।गल्याङ् जेसिजबाट कार्यक्रममा ७५ जना वृद्धवृद्धालाई न्यानो कपडा तथा खादा द्वारा सम्मान गरिएको हो । कार्यक्रमको प्रमुख अतिथि गल्याङ नगरपालिकाका नगर उपप्रमुख देवीसरा थापाले स्थानीय सरकारले गर्नुपर्ने कार्य गल्याङ जेसिजले गरेकोमा खुसी व्यक्त गरे ।
गल्याङ जेसिजका मानार्थ सदस्य एवम् युवा नेता गुरु प्रसाद भट्टराईले युवाहरुको नेतृत्व विकासको अग्रणी संस्था गल्याङ जेसिजले वृद्धवृद्धा सम्मान कार्यक्रम गरि समाजमा उदाहरण पेश गरेको कुरा बताए । त्यसैगरी गल्याङ नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष शंकर देव अधिकारीले गल्याङ जेसिजले आफ्नो वडामा गरेको कार्य प्रति खुसी व्यक्त गर्दै आफू गल्याङ जेसिज सँग सहकार्य गर्न तयार रहेको कुरा बताए ।
गल्याङ शिक्षा समितिका सदस्य राजेन्द्र देव खनालले मानिसले सामाजिक चेतना बोक्नुपर्छ र गल्याङ जेसिजका गतिविधिहरुले आफू प्रभावित भएको बताए । जेसिज सप्ताहका मुल संयोजक एवम् गल्याङ जेसिजका उपाध्यक्ष जेसि प्रकाश भुषालको स्वागत मन्तव्यसंगै शुरूवात भएको कार्यक्रमको अध्यक्षता गल्याङ जेसिजका अध्यक्ष जेसि दर्वेन्द्र देव खनालले गरेका थिए। अध्यक्ष खनालले वृद्ध वृद्धा सम्मानको हकदार भएकोले उक्त कार्यक्रम राखिएको बताए ।
उक्त कार्यक्रमका संयोजक गल्याङ जेसिजका अध्यक्षिय सल्लाहकार प्रतिमा भट्टराई रहेका थिए। कार्यक्रमको संचालन गल्याङ जेसिजका महासचिव जेसि खगेन्द्र भण्डारीले गरे । जेसिज सप्ताह अन्तर्गत वृद्ध वृद्धा सम्मान कार्यक्रम बाहेक राष्ट्रव्यापी कविता प्रतियोगिता, जेसिज चौतारी उदघाटन, गल्याङ बजार सरसफाइ, जेब्रा क्रसिङ्ग निर्माण, भर्चुअल मानसिक स्वास्थ्यका लागि मनका कुरा, समाचार लेखन तालिम, स्लो बाईक रेस, डोरी तान लगायतका कार्यक्रम गरिने जेसिज सप्ताहका मुल संयोजक प्रकाश भुषालले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार