मेचीनगरका उपप्रमुख भन्छिन्, “मैले ड्राइभरलाई छिटो गाडी हुइँक्याउन लगाएर बाँचे”
नेपालबहस संवाददाता
मंसिर १८, २०७७ शुक्रबार ५:४४:१९
१८ मंसिर, झापा । मेचीनगर नगरपालिकाका उपप्रमुख मीना उप्रेती सवार मे १ झ १७२ नंं गाडी एक समूहले आज जलाउने प्रयास गरेको जनाइएको छ । नेपाल आयल निगम चारआली डिपोको कार्यक्रममा सहभागी भएर नगरपालिका कार्यालयतर्फ फर्किरहेका बेला आज अपराह्न ३ बजेतिर पूर्वपश्चिम राजमार्गको धाइजन खण्डमा बाटो छेकेर आफू सवार गाडीमा आगो लगाउने प्रयास भएको उपप्रमुख उप्रेतीले जिकिर गरे ।
गाडी जलाउन खोज्ने दुई युवाले आफूहरु नेपाल विद्यार्थी संघका कार्यकर्ता भएको बताएको जनाउँदै उपप्रमुखले बाटो छेकेर गाडीको चक्कामा पेट्रोल छर्किएको आरोप लगाए । ‘‘पेट्रोल छर्किएको चक्कामा सलाई निकालेर आगो लगाउन लागेपछि मैले ड्राइभरलाई जसरी भए पनि छिटो गाडी हुइँक्याउन लगाएँ’’, उनले भनिन ।
घटनाबारे इलाका प्रहरी कार्यालय काँकडभिट्टामा तत्कालै जानकारी गराइएको उनले बताए । नेपाली कांग्रेसका उपसभापति राम कट्टेलले घटना भत्र्सनायोग्य भए पनि कसले गरेको हो भनी आफूहरुले बुझ्ने प्रयास गरिरहेको जानकारी दिए ।
प्रहरी स्रोतका अनुसार तनहुमा कांग्रेस नेता रामचन्द्र पौडेल पक्राउ परेको विरोधमा झापामा नेपाल विद्यार्थी संघले आन्दोलन गर्ने कार्यक्रम तय भएको थियो । घटनामा नेविसंघका कार्यकर्ता सहभागी भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगामी वैशाखमा लगानी सम्मेलन गर्दै कोशी प्रदेश
पुष २५, २०८१ बिहिबार
कोशी प्रदेशमा जङ्गली हात्तीको उपद्रो बढ्दै, स्थानीय त्रासमा
पुष १७, २०८१ बुधबार
पच्चीस लाख खर्चेर सुन्दरहरैँचामा मौरीपालन
पुष १६, २०८१ मंगलबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार
आज यी ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष २७, २०८१ शनिबार
पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै
पुष २७, २०८१ शनिबार