नबिल बैंक र वान टु वाच बीच सहकार्यको सम्झौता
नेपालबहस संवाददाता
मंसिर १९, २०७७ शुक्रबार २०:१९:४२
१९ मंसिर, काठमाडौं । नबिल बैंक र वान टु वाचबीच साना तथा मझौला उद्यमीहरूलाई सहयोग गर्न सहकार्य गर्ने विषयमा सम्झौता भएको छ । दुवै संस्थाले संयुक्त रूपमा “कोभिड १९ एमएसएमई कोष नेपाल” अन्तर्गत लघु, साना तथा मझौला उद्यम (एमएसएमई) हरुलाई ब्याज मुक्त र धितोरहित कर्जा प्रदान गर्ने सम्झौता गरेका छन् ।
यस रणनीतिक साझेदारीमा लघु, साना तथा मझौला उद्यमहरूलाई कोविड १९ बाट प्रभावित तर व्यवसायलाई निरन्तरता दिने क्षमता भएका व्यवसायलाई धितोरहित र व्याजमुक्त छोटो अवधिको कर्जाले लाभान्वित भई कोरोना भाइरसको प्रभावबिरूद्ध लड्न तथा व्यवसायलाई निरन्तरता दिन मद्दत हुनेछ ।
त्यसै गरि यी व्यवसायहरु मध्येका छनोटमा परेका व्यवसायीहरुले आफ्नाे व्यावसाय अनुकूल परामर्श पनि प्राप्त गर्ने छन् । पूर्व निर्धारित मापदण्डको आधारमा व्यवसाय सुचारु गर्ने संम्भाव्यताको मूल्यांकन गरिएको एमएसएमईहरूले नबिल बैंकबाट धितो रहित कर्जा प्राप्त गर्नेछन र ब्याज रकम अधिकतम १८ महिनासम्म कोषले भुक्तान गर्नेछ ।
नबिल बैंकका डेपुटी सीईओ, सुजितकुमार शाक्य र वान टु वाचका प्रबन्ध निर्देशक, सुमन जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सो कार्यक्रममा नबिल बैंकका तर्फबाट प्रमुख एसएमई र लघुवित्त, निरज बस्नेत डनिल र वान टु वाचका तर्फबाट कार्यक्रम प्रबन्धक, सुब्रिना श्रेष्ठको उपस्थिति थियो ।
साझेदारीको बारेमा बोल्दै, नबिल बैंकका सीईओ अनिल केशरी शाहले भने, “नबिल बैंक नेपालको एमएसएमई क्षेत्रलाई सहयोग गर्न, उनीहरूको व्यवसायलाई बढाउन र दीर्घकालीन स्थायित्व र समग्र आर्थिक बृद्धिका लागि मद्दत गर्न सदैब तयार छ । कोरोना भाइरस प्रभावित व्यवसायलाई यस कठिन समयमा बाँच्नको लागि सहयोग पुर्याउन र निरन्तरता दिई सक्षम हुन धितोरहित र ब्याजमुक्त कर्जा प्रदान गर्न यस प्रयासमा वन टु वाचको साथ सहकार्य गर्न धेरै उत्साहित छौं । नबिल बैंकले लघु, साना तथा मझौला उद्यमीहरूलाई वित्तीय पहुँच पु¥याउन सजिलो बनाउने सेवाहरू ल्याएर एमएसएमई क्षेत्रको प्रबर्धनमा सदैब केन्दि«त रहेको छ ।”
साथै, वान टु वाचका प्रबन्ध निर्देशक, सुमन जोशीले भने, “हामी नबिल बैंकलाई पार्टनर बैंकहरूको सुचीमा राख्न पाउँदा अत्यन्त खुशी छौं ।केही हप्ता अघि यो कोषको थालनी भएदेखि हामीले नेपालका विविध क्षेत्र तथा विभिन्न भुगोलका एमएसएमईबाट धेरै उत्साहजनक प्रतिक्रिया प्राप्त गरेका छौ । नबिल बैंकको सहभागितामा एसएमईलाई यस कठिन समयमा अघि बढ्न र रोजगारी जोगाउन तथा सिर्जना गर्न अझ मद्दत गर्नेछ ।”
लघु, साना तथा मझौला उद्यमहरूले कोषको लागि निम्न लिंकमा ( https://rb.gy/8jqzxg ) रहेको आवेदन फारम भरी कर्जा आवेदन गर्न सक्छन् ।
नबिल बैंक
नबिल बैंकले आफ्नो देशभर ११९ वटा शाखा कार्यालयहरु, १८५ एटीएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देशमा रहेका एजेन्टको बृहत सञ्जाल मार्फत निरनतर गुणस्तरिय सेवा प्रवाह गरिरहेको छ ।
वान टु वाच
वान टु वाच एक लगानी प्रबर्धन कम्पनी हो र यो नेपाल, नेदरल्याण्ड्स र म्यानमारमा अवस्थित छ । वान टु वाचले साना र मध्यम आकारको उच्च बृद्धि तथा उच्च प्रभाव भएका कम्पनीहरूसँग काम गर्दछन । उनीहरू आफ्नो लगानी व्वस्थापन विशेषज्ञता प्रयोग गरी उद्यमीहरूलाई सहयोग पुर्याउन र स्थानीय जनताका लागि रोजगारी सिर्जना गरिरहेका छन् ।
वान टु वाचको समुदायले ४० भन्दा बढी स्थानीय सल्लाहकार, २०ं भन्दा बढी अन्तर्राष्ट्रिय सल्लाहकार, १३ उद्योग विशेषज्ञ, ४० माथि लगानीकर्ता र ८ संस्थागत साझेदार समावेश गर्ने बैंकका संस्थागत संचार विभाग प्रमुख कृष्ण सुवेदीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकका ग्राहकलाई फिट लाईफ क्लबबाट प्रदान गरिने सेवाहरुमा १५% छुट
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
ताप्लेजुङमा टपरी गाँस्ने प्रतियोगिता
जेठ ४, २०८१ शुक्रबार
काठमाडौँमा ‘न्यूयोर्क राइटर्स वर्कसप’ र ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै
जेठ ४, २०८१ शुक्रबार
गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुईजनाको मुत्यु
जेठ ४, २०८१ शुक्रबार
बागमती प्रदेशसभाका चारवटा समिति सभापतिमा मनोनयन दर्ता
जेठ ४, २०८१ शुक्रबार
‘विद्युतीय सवारीसाधनको प्रयोग बढाउन आवश्यक’
जेठ ४, २०८१ शुक्रबार
लागुऔषधको कुलतबाट विद्यार्थी जोगाउन अभियान
जेठ ४, २०८१ शुक्रबार