सनराइज बैंक तथा सानीभेरी गाउँपालिकाबीच कृषिमा सहुलियतपूर्ण कर्जा दिने समझदारी
नेपालबहस संवाददाता
मंसिर १९, २०७७ शुक्रबार २१:२७:४८
१९ मंसिर, काठमाडौं । सनराइज बैंक लिमिटेड तथा सानीभेरी गाउँपालिकाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । सनराइज बैंक लिमिटेडको केन्द्रीय कार्यालय गैह्रीधारामा भएको उक्त हस्ताक्षर कार्यक्रममा सानीभेरी गाउँपालिकाले अनुरोध/सिफारीस गरिएका संभाव्य इच्छुक कृषक सहकार्य समुह, उद्यमी, फर्म, कम्पनी, तथा सहकारीहरुलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने बताइएको छ । रुकुम (पश्चिम) का सभासद जनार्दन शर्मा, बैंक संचालक समितीका अध्यक्ष मोतीलाल दुगड तथा प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालको समुपस्थितीमा सो सम्झौता भएको हो ।
समझदारी पश्चात् सानीभेरी गाउँपालिकाले सिफारिस गरेका सम्पूर्ण योग्य इच्छुक कृषक सहकार्य समुह, उद्यमी, फर्म, कम्पनी, तथा सहकारीहरुलाई आवश्यक सल्लाह उपलब्ध गराउने र ब्याज अनुदान कर्जा लगानी गर्ने सम्बन्धमा दुवै पक्ष सहमत भएका छन् ।
समझदारीपत्रमा सनराइज बैंक लिमिटेडका तर्फबाट अख्तियार प्राप्त विपन्न वर्ग तथा कृषि कर्जा विभागका प्रमूख दिपक पण्डित तथा सानीभेरी गाउँपालिकाका तर्फबाट अध्यक्ष नर बहादुर पुनले हस्ताक्षर गरेका हुन् ।
समझदारीपत्रका मुख्य बुदाँहरु :
- सहुलियतपूर्ण कर्जाको लागि व्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधी, २०७५ (संशोधन समेत) कार्यान्वयनका लागि उद्यम तथा व्वसाय गर्न चाहने समुहलाई परामर्श र उद्यमशलिता सम्बन्धी आवश्यक तालिमको व्वस्थापन गर्ने र तालिम प्राप्त कृषक सहकार्य समुह, उद्यमी, फर्म, कम्पनी, तथा सहकारीहरुलाई कर्जाको लागि बैंक समक्ष सिफारिस गर्ने ।
- गाउँपालिकाले सिफारिस गरेर प्रवाह भएको कर्जाहरुको असुलीमा समस्या भएमा कर्जा असुली गर्न गाउँपालिकाले बैंकलाई आवश्यक सहयोग गर्नेछ ।
- कर्जा जोखिम न्युनिकरणका लागि बैंक मार्फत कर्जा लिएका समुहको व्यवसाय प्राकृतिक प्रकोप विपदजन्य घटनाहरुका कारण क्षति भई ऋणीले ऋण तिर्न नसक्ने अवस्थाका लागि गाउँपालिकाले एक जोखिम न्युनिकरण कोषको स्थापना गर्नेछ ।
- बैंकले कर्जा लगानी गरेका ग्राहकलाई एसएमएस लगायतका अन्य प्रकारका सुविधालाई प्राथमिकता दिदै छुट समेतको व्यवस्था गर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव
मंसिर १२, २०८१ बुधबार
एनआइएमबीको संस्थापक शेयर बिक्रीमा
मंसिर १२, २०८१ बुधबार
कुमारी बैंककाे उद्यमी प्रशिक्षण कार्यक्रम माेरङकाे बेलबारीमा
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
एमाले नेता सवार सरकारी गाडी स्थानीयको नियन्त्रणमा
मंसिर १३, २०८१ बिहिबार
उखुको जुस बेचेर मनग्गे आम्दानी गर्दै पञ्चलाल
मंसिर १३, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ र पर्वतमा पाँच पुल बन्दै
मंसिर १३, २०८१ बिहिबार
बाढीले पुल बगाएपछि फोक्सिङटारमा अस्थायी बेलिब्रिज
मंसिर १३, २०८१ बिहिबार
सूचना आयोगले प्रधानमन्त्रीसमक्ष बुझायो वार्षिक प्रतिवेदन
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री डा राणा चीन प्रस्थान
मंसिर १३, २०८१ बिहिबार