राङखोलामा स्रष्टा सम्मान र रचना वाचन कार्यक्रम सम्पन्न
नेपालबहस संवाददाता
मंसिर २०, २०७७ आइतबार ४:४०:१२
युवराज पौडेल
२० मंसिर, स्याङ्जा । शिवकुमार अधिकारी स्मृति प्रतिष्ठान र राङखोला लक्ष्मी स्मृति प्रतिष्ठानद्वारा संयुक्त रूपमा स्रष्टा सम्मान र रचना वाचन कार्यक्रम सम्पन्न भएकाे छ । शनिबार राङखोलामा ‘स्रष्टा सम्मान तथा रचना वाचन कार्यक्रम २०७७ कार्यक्रममा प्रमुख आतिथ्यता वीरेन्द्र बहुमुखी क्याम्पसका सहप्राध्यापक पूर्ण प्रसाद अधिकारी र सभापतित्व स्याङ्जा साहित्य प्रतिष्ठानका अध्यक्ष साहित्यकार विश्वप्रेम अधिकारीले गरेका थिए ।
स्रष्टा सम्मान तथा रचना वाचन मार्फत् सर्जकहरूलाई साहित्यिक उत्प्रेरणा प्रदान गर्ने र साहित्यिक वातावरणको निर्माण गर्ने कार्यक्रमको मुल उदेश्य रहेको आयोजकको भनाइ रहेको छ । सो सम्मान कार्यक्रममा साहित्यकार प्रा.कपिल अज्ञात र साहित्यकार टीकाराम वाग्लेलाई सम्मान गरिएको थियो । स्याङ्जा पौवैमा जन्मिएर चितवनलाई कर्मथलो बनाएका प्रा.कपिल अज्ञात सिर्जना, समालोचना र अनुसन्धानको क्षेत्रमा लामो समयसम्म क्रियाशील रही नेपाली साहित्यको श्रीवृद्धिमा लागेका व्यक्ति हुन् भने टीकाराम वाग्ले स्याङ्जाको क्याक्मीमा जन्मिएर नेपाली भाषा, साहित्य, अनुवाद र अनुसन्धानको क्षेत्रमा योगदान पुर्याएका व्यक्ति हुन् ।
उनीहरुले साहित्यिक क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप आयोजक संस्थाले स्रष्टाद्वयलाई नगद रू २०,१०५। र प्रमाणपत्र सहित सम्मान गरेको थियो । सम्मान कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष विश्वप्रेम अधिकारीले नगद रकम र प्रमाणपत्र हस्तान्तरण गरे । कार्यक्रममा स्वागत मन्तव्य दिँदै शिवकुमार अधिकारी प्रतिष्ठानका अध्यक्ष पूर्व एआइजी सुबोध कुमार अधिकारीले मानिसको जीवनको सार्थकता भनेको उसले गरेको कर्ममा भरपर्ने भएकाले समाजका लागि साहित्यमार्फत् योगदान दिने स्रष्टाहरू कहिल्यै नमर्ने धारणा व्यक्त गरे । प्राध्यापक डा. यम बहादुर पौडेलले राङखोला साहित्य, शिक्षा र विचारका दृष्टिमा निकै अगाडि रहेको धारणा व्यक्त गरे ।
त्यस्तै सर्जक त्रिभुवन शर्माले शिवकुमार र विश्वप्रेमले नेपालको लोकतन्त्र र साहित्य सिर्जनाका क्षेत्रमा पुर्याएको योगदान अविस्मरणीय रहेको विचार व्यक्त गरे। त्रिभुवन आदर्श क्याम्पसका क्याम्पस प्रमुख बाबुकुमार सिग्देलले स्याङजाली जनतामा लोकतान्त्रिक विचार निर्माण गर्ने कार्यमा र निष्ठापूर्ण साहित्यिक कर्म गर्नमा शिवकुमार र विश्वप्रेमहरुले पुर्याएको योगदान कहिल्यै नमर्ने धारणा राखे । कार्यक्रममा वक्ताहरूले साहित्य र सिर्जनाको क्षेत्रमा महत्वपूर्ण योगदान दिने शिवकुमार अधिकारीका विविध पक्षमा चर्चा गरेका थिए ।
उक्त कार्यक्रममा आस्था पौडेल, नवीज जिटी, अग्निकुमार पल्लव, किशोरकुमार श्रेष्ठ लगायतले रचना वाचन गरेका थिए, भने सुरज कुमार अधिकारी, विनोद लम्साल, प्रा.डा.यम बहादुर पौडेल, त्रिभुवन शर्मा, बाबुराम सिग्देल, प्रमोद पङ्ग्यानी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गगरे । सम्मानित हुने स्रष्टा टीकाराम बाग्लेले साहित्यिक सत्कर्मका लागि शिवकुमार र विश्वप्रेम अधिकारीहरुले देखाएको बाटोमा हिँड्न सके समाजमा निष्ठा र पद्धतिको विकास हुने धारणा व्यक्त गरे । सम्मानित व्यक्तित्व प्रा.कपिल अज्ञातले स्याङजाली साहित्य प्रतिष्ठानले स्याङजामा गर्विलो इतिहास निर्माण गरेको धारणा व्यक्त गर्दै आफूलाई गरिएको सम्मानले थप जिम्मेवारीबोध भएको विचार व्यक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
मन्त्रालयले भन्यो:- कोही कसैबाट एम्बुलेन्सको दुरुपयोग भएमा खबर गर्नु
मंसिर २७, २०८१ बिहिबार
प्रहरी समायोजन कार्य छिट्टै सम्पन्न गरेर सङ्घीयतालाई थप बलियो बनाइने : गृहमन्त्री लेखक
मंसिर २७, २०८१ बिहिबार
भारतीय सेनाको गोली लागी सात माओवादी विद्रोहीको मृत्यु
मंसिर २७, २०८१ बिहिबार
एनपिएलमा जनकपुरद्वारा काठमाडौँ गुर्खाज पाँच विकेटले पराजित
मंसिर २७, २०८१ बिहिबार
भूमिगत सिँचाइ प्रणालीले कृषि पेसा सहज बन्दै
मंसिर २७, २०८१ बिहिबार
गुणस्तरीय खानेपानी उपलब्ध गराउन दीर्घकालीन समाधान खोजिदै
मंसिर २७, २०८१ बिहिबार