गल्याङ जेसिजद्वारा बजार सरसफाई तथा जेब्रा क्रसिङ निर्माण सम्पन्न
नेपालबहस संवाददाता
मंसिर २०, २०७७ आइतबार ४:५३:२२
२० मंसिर, स्याङ्जा । गल्याङ जेसिजको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज बजार सरसफाई एवम् जेब्रा क्रसिङ निर्माण सम्पन्न भएको छ । कार्यक्रममा गल्याङ जेसिजका पदाधिकारीद्वारा गल्याङ बजारको सिद्धार्थ राजमार्ग सेरोफेरोमा सरसफाई गरिएको हो । फ़ोहोर संकलनको लागि गल्याङ नगरपालिकाको ट्याक्टर प्रयोग भएको थियो । कुचो र पन्जा गल्याङ ३ का वडा अध्यक्ष महेश भट्टराईले उपलब्ध गराएका थिए ।
कार्यक्रममा नेपाली काङ्ग्रेस महासमिति सदस्य श्यामप्रसाद बस्यालले गल्याङ जेसिजले स्थापनाको छोटो समयमै नगरमा राम्रो छाप छोड्न सफल भएको बताए । त्यसैगरी कार्यक्रममा स्टेशनरी व्यवसायी महासंघ स्याङ्जाका जिल्ला अध्यक्ष किसान श्रेष्ठ, उद्योग वाणिज्य संघ गल्याङका उपाध्यक्ष बाबुराम पाण्डे, उद्योग वाणिज्य संघ गल्याङका संस्थापक अध्यक्ष सुर्यप्रसाद चापागाईं, उद्योग बाणिज्य संघ गल्याङका महासचिव कृष्णप्रसाद भट्टराई, लायन्स क्लब अफ गल्याङ सिटीका अध्यक्ष अर्जुन बस्याल, भुतपुर्व सैनिक संघ स्याङ्जाका अध्यक्ष चन्द्र रखाली मगर, भुतपुर्व अङ्ग्रेजी स्कुल गल्याङका प्राचार्य गोपाल गाहा लगायतको उपस्थिति रहेको थियो ।
जेसिज सप्ताहका मुल संयोजक एवम् गल्याङ जेसिजका उपाध्यक्ष जेसी प्रकाश भुषालको स्वागत मन्तव्यसंगै शुरूवात भएको कार्यक्रमको अध्यक्षता गल्याङ जेसिजका अध्यक्ष जेसी दर्वेन्द्र देव खनालले गरे । उक्त कार्यक्रमका संयोजक, गल्याङ जेसिजका निर्देशक छविलाल भुषाल रहेका थिए । कार्यक्रमको संचालन गल्याङ जेसिजका महासचिव जेसी खगेन्द्र भण्डारीले गरेका थिए ।
जेब्रा क्रसिङ निर्माण समेत सम्पन्न
त्यसैगरि दोस्रो कार्यक्रम अन्तर्गत सिद्धार्थ राजमार्गको गल्याङ बजारमा जेब्रा क्रसिङ निर्माण गरिएको छ । यातायातको बढ्दो चाप, साँघुरो बाटो र मानिसहरुको भीडभाडको अवस्थामा, जहाँ पायो त्यहीँबाट बाटो काट्दा दुर्घटना हुनसक्ने भएकोले जेब्रा क्रस बनाएको गल्याङ जेसिजका उपाध्यक्ष तथा जेब्रा क्रसिङ निर्माण कार्यक्रमका संयोजक ज्ञानेन्द्र पाठकले जानकारी दिए । तल्लो गल्याङ जाने चोक र चापाकोट चोकमा गल्याङ जेसिजका पदाधिकारीहरुद्वारा जेब्रा क्रसिङ बनाइएको हो ।
कार्यक्रममा अस्थायी ट्राफिक पोष्ट गल्याङका प्रमुख सई कुमार कुँवरले ट्राफिक कार्यालयको जिम्मेवारी कार्य गल्याङ जेसिजले गरेकोमा खुशी व्यक्त गरे । कार्यक्रममा प्रहरी हवल्दार टेक बहादुर देउवाको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा जेसिज सप्ताह मुल संयोजक प्रकाश भुषालको स्वागतबाट शुरू भएको थियो ।
कार्यक्रममा गल्याङ जेसिजका कार्यकारी उपाध्यक्ष ऋषि बस्याल, जिम्माल कान्छोको जेसिज आस्था र कार्यक्रमका संयोजक ज्ञानेन्द्र पाठकको धन्यवाद मन्तव्य रहेको थियो । गल्याङ जेसिजका अध्यक्ष दर्बेन्द्र देब खनालको अध्यक्षता र महासचिव खगेन्द्र भण्डारीको संचालनमा कार्यक्रम रहेको थियो ।
जेसिज सप्ताह अन्तर्गत भोलि अर्थात मङ्सिर २१ गते देशभरका जेसिज शाखाहरुका १-१ सदस्यलाई समेटेर समाचार लेखन तालिम राखिएको छ। त्यसबाहेक वृद्ध वृद्धा सम्मान, कविता प्रतियोगिता, जेसिज चौतारी उदघाटन, भर्चुअल मानसिक स्वास्थ्यका लागि मनका कुरा लगायतका कार्यक्रम गरिने जेसिज सप्ताहका मुल संयोजक प्रकाश भुषालले जानकारी दिए । मंसिर १८ गते देखि शुरूवात भएको जेसिज सप्ताह एक हप्तासम्म जारी रहनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार
आज यी ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष २७, २०८१ शनिबार
पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै
पुष २७, २०८१ शनिबार