बोटे सामुदायिक घरवासमा पाहुना आउन थालेपछि गाउँले खुशी
नेपालबहस संवाददाता
मंसिर २१, २०७७ आइतबार १६:२४:३३
२१ मंसिर, भरतपुर । चितवनको माडीमा बोटे सामुदायिक घरवास सञ्चालनमा आएको छ । माडी नगरपालिका–१ वनकट्टास्थित बोटेटोलमा रहेका १० घरवास सञ्चालनमा आएका हुन् । मंसिर महिनादेखि घरवासमा पाहुना आउन शुरु गरेको अध्यक्ष सन्तोषप्रसाद बोटले जानकारी दिए । उनले पाहुना आउन थालेपछि गाउँलेमा खुशी र उत्साह जागेको बताए ।
प्रत्येक घरवासमा चार जनासम्म बस्न मिल्ने व्यवस्था गरिएको छ । अन्य दुई घरवास निर्माणको चरणमा छन् । आवश्यकतानुसार क्षमता बढाउँदै लैजाने तयारी गरिएको छ । घरवासको औपचारिक उद्घाटन गर्न भने बाँकी रहेको अध्यक्ष बोटले जानकारी दिए । माडी नगरपालिका, पाँच पाण्डव मध्यवर्ती उपभोक्ता समिति र तराई भूपरिधि कार्यक्रम ‘ताल’ को सहयोगमा घरवास निर्माण गरिएको हो ।
शान्त वातावरणमा सञ्चालित घरवासमा बसेर रमणीय दृश्यावलोकन गर्नुका साथै नदी किनारमा आएका जङ्गली जनावर पनि देख्न सकिने भएकाले पर्यटकका लागि बोटे घरवास आकर्षणको केन्द्र बन्ने कोषाध्यक्ष जगनारायण बोटले बताए । घरवासमा आउने पाहुनालाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले माडी नगरपालिका र स्वीच प्रोजेक्टको सहयोगमा बोटे सामुदायिक सांस्कृतिक भवन निर्माण भइरहेको जानकारी दिँदै उनले बोटे, थारूलगायत विभिन्न जातजातिका संस्कृति देखाएर पर्यटकलाई मनोरञ्जन दिन लागिएको जानकारी दिए ।
धार्मिक क्षेत्र गोद्धकधाम बोटेटोलबाट करिब एक किमी पश्चिममा पर्छ । गोद्धकमा पाँच पाण्डव गुप्तवास बसेको, परशुरामले मातृ हत्याको दोषमुक्त हुन स्नान गरेको कुण्ड, भीमइनार, भीममन्दिर, अष्टभुजाको शिवलिङ्ग, कुकुरनाथ, बिरालोनाथलगायतका ठाउँहरु छन् । रामनवमी, शिवरात्रि, साउने मेलामा गोद्धकमा दर्शानार्थी बढी आउँछन् । सो क्षेत्रमा सामूहिक माछापोखरी पनि छन् ।
माडी–१ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलले वाल्मीकि आश्रमदेखि गोद्धक क्षेत्र जोड्न सके धेरै आन्तरिक तथा बाह्य पर्यटक बढ्ने बताउछन । “गोद्धक क्षेत्र चिनाउन घरवासले थप सघाउनेछ्”, उनले भने, “स्थानीय रहनसहन र संस्कृतिको अवलोकन गर्दै गोद्धक घुम्न पाइनेछ ।” चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको बोटेटोल बर्सेनि जङ्गली जनावर र डुबानको समस्या झेल्दै आएको बस्ती हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजदेखि कैलाली र कञ्चनपुरमा गिद्धको गुँड अनुगमन सुरु
मंसिर १७, २०८१ सोमबार
एघार महिनामा १० लाख ५५ हजार विदेशी पर्यटक भित्रिए
मंसिर १६, २०८१ आइतबार
११ महिनामा १० लाख ५५ हजार बढी पर्यटकले नेपाल भ्रमण गरे, ११ हजार अमेरिकन आए
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
प्रधानमन्त्री ओलीले आज चिनिया राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने
मंसिर १८, २०८१ मंगलबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार