धुञ्चेको शङ्ख पार्क अवलोकनका लागि खुला
नेपालबहस संवाददाता
मंसिर २१, २०७७ आइतबार २०:१४:३२
२१ मंसिर ,रसुवा । धुञ्चेस्थित टुल्कु छेलिङ गुम्बाको छेउमा निर्माण भएको शङ्ख पार्क अवलोकनका लागि खुला गरिएको छ । स्थानीय तहको कार्ययोजनानुरूप रू १७ लाख ३३ हजारका लागतमा निर्माण भएको उद्यान दिनभर खुला रहने जनाइएको छ । स्थानीय बासिन्दा, ज्येष्ठ नागरिक तथा पर्यटकसमेतले उद्यानमा विश्राम लिई उच्च भागको दृश्य अवलोकन गर्न सक्नेछन् ।
मानव बस्ती छनोट गर्ने क्रममा भगवान्ले फ्याँक्नु भएको शङ्ख धुञ्चे क्षेत्रमा अडिएको किंवदन्ती छ । समुद्री सतहदेखि एक हजार ९५० मिटरको उचाइमा तयार भएको शङ्ख पार्क गोसाइँकुण्ड गाउँपालिका, स्थानीयस्तरको सामाजिक क्षेत्रमा कार्यरत मानेको सोसाइटीसमेतको लगानीमा निर्माण भएको गाउँपालिका अध्यक्ष कैसाङ्नुर्पु तामाङले जानकारी दिए ।
स्थानीय तामाङ भाषामा धुङ भनेको शङ्ख र लाङ भनेको गाडिएको ठाउँ भएकाले गाउँको नाउँ नै धुङ्लाङ रहन गएको जनाइएको छ । टुल्कुछेलिङ गुम्बाका लामा धर्मगुरू लामा रेञ्जन घलेले यस क्षेत्रमा रसुवाको सदरमुकाम स्थापना भएपछि सरकारी निकायबाट विसं २०२४ अगावै धुञ्चे नामकरण गरिएको जानकारी दिए । पासाङल्हामु राजमार्गसँग जोडिएको नवनिर्मित शङ्ख उद्यान मोटरका यात्रुले समेत सहजरूपमा अवलोकन गर्न सक्ने बताइन्छ ।
यसैबीच धुञ्चेमा फुटबल मैदानको निर्माण अन्तिम चरणमा पुगेको छ । जिल्ला अस्पताल नजीक बनाइएको उक्त मैदानको टेवा पर्खाल लगाउने र मैदान सम्याउने काम सम्पन्न भई तारबार लगाउने कार्य द्रुतगतिमा अगाडि बढिरहेको गाउँपालिकाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का
मंसिर १३, २०८१ बिहिबार
पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान
मंसिर १२, २०८१ बुधबार
शे–फोक्सुण्डो तालमा पर्यटकको आगमन जारी
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
एनपीएल खेल डिशहोम र एक्सन स्पोर्टसको यूट्यूब च्यानलमा लाइभ हेर्न पाइने
मंसिर १३, २०८१ बिहिबार
एमाले नेता सवार सरकारी गाडी स्थानीयको नियन्त्रणमा
मंसिर १३, २०८१ बिहिबार
उखुको जुस बेचेर मनग्गे आम्दानी गर्दै पञ्चलाल
मंसिर १३, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ र पर्वतमा पाँच पुल बन्दै
मंसिर १३, २०८१ बिहिबार
बाढीले पुल बगाएपछि फोक्सिङटारमा अस्थायी बेलिब्रिज
मंसिर १३, २०८१ बिहिबार