दुई थान फोहर बोक्ने कम्प्रेस्ड गारवेज ट्रक उपहार
नेपालबहस संवाददाता
मंसिर २१, २०७७ सोमबार ४:९:४१
२१ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकालाई चीनको ल्हासा नगरबाट दुई थान फोहर बोक्ने कम्प्रेस्ड गारवेज ट्रक उपहार स्वरुप प्राप्त भएको छ । “२०७६ सालको इन्द्रजात्रा अवलोकन गर्न ल्हासा नगरका प्रमुख गुहेओ गुहेओ आएकै समयमा उनले काठमाडौं सरसफाइका लागि ट्रक उपहार पठाउने बताएका थिए, सोहीअनुरुप आज उक्त ट्रक प्राप्त भएको हो । ल्हासा नगरसँग कामपाको भगिनी सम्बन्ध स्थापित भइसकेको छ ।”
यही १५ गते ल्हासा नगरको अन्तरराष्ट्रिय मामिलाका अधिकारीले कामपाको अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयलाई उक्त ट्रक हस्तान्तरण गरेका थिए । त्यस अवसरमा अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका अधिकृत यम बसेल, वित्त विभागबाट उपनिर्देशक प्रवीण प्याकुरेल, विपद् व्यवस्थापन विभाग नगर प्रहरी नायब उपरीक्षक विष्णु जोशी, चालक बलराम चचामु र दीपक वैष्णव थिए । ती ट्रकहरु यही मङ्सिर १६ गते काठमाडौं ल्याइएका हुन् । ती ट्रकको मूल्य करिब रु १ करोड ९० लाख रहेको छ ।
आज कामपाका प्रमुख शाक्यले ट्रकको साँचो यन्त्र तथा उपकरण महाशाखा प्रमुख पुरुषोत्तम शाक्यलाई हस्तान्तरण गर्नुभएको छ । त्यसअघि प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले प्रमुख शाक्यलाई साँचो हस्तान्तरण गरेका थिए ।
सात हजार २०५ किलोग्राम फोहोर कम्प्रेस बोक्नु यसको मुख्य विशेषता हो । सङ्कलित फोहोरलाई पछाडिको बकेटमा राखेपछि यन्त्रले फोहोरलाई विस्तारै उचाल्न थाल्छ । त्यसपछि कम्प्रेस्ड यन्त्रले फोहोर खाँदिन थाल्छ । यसको क्षमता पूरा भएपछि आफैँ आवाज दिएर जानकारी गराउँछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशसभा बैठक माघ १८ गते बोलाउन सिफारिस
माघ ११, २०८१ शुक्रबार
जङ्गली हात्ती बस्ती पस्न थालेपछि निजीलाई एकीकृत गर्न माग
माघ ९, २०८१ बुधबार
प्रदेशसभा सचिवालयमा तीन वटा विधेयक दर्ता
माघ ८, २०८१ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार