अष्ट्रेलियाविरुद्धको टी-ट्वान्टी क्रिकेट सिरिज भारतलाई
नेपालबहस संवाददाता
मंसिर २२, २०७७ सोमबार १२:१४:५०
२२ मंसिर, एजेन्सी । भारतले घरेलु टिम अष्ट्रेलियाविरुद्धको टी-ट्वान्टी क्रिकेट सिरिज जितेको छ । सिड्नीमा आइतबार भएको दोस्रो खेलमा अष्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै भारतले तीन खेलको सिरिज आफ्नो बनाएको हो ।
अष्ट्रेलियाले दिएको १ सय ९५ रनको लक्ष्य भारतले १९ ओभर ४ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो । भारतका लागि शिखर धवनले ५२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै हार्दिक पाण्डयले अविजित रहदै ४२ रन जोड्दा श्रेयस एयर १२ रनमा अविजित रहे ।
हारतर्फ अग्रसर रहेको समय पाण्डयले २२ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै भारतलाई जित दिलाए । कप्तान विराट कोहलीले ४० तथा केएल राहुलले ३० रन बनाए ।अष्ट्रेलियाका डानिल साम्स, एन्ड्रयु टे,मिचेल स्विपसन र एडम जाम्पाले १र१ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९४ रन बनाएको थियो ।
अष्ट्रेलियाका लागि कप्तान म्याथ्यु वेडले ५८ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै स्टिभ स्मिथले ४६ रन जोड्दा मोइसेस हेन्रिक्सले २५ रन बनाए । ग्लेन म्याक्सवेलले २२ रन जोड्दा मार्कुस स्टोनिसले अविजित १६ रन बनाए । भारतका टी नटराजनले २ तथा सार्दुल ठाकुर र युजभेन्द्र चाहलले १ र १ विकेट लिए । जितसँगै अष्ट्रेलिया भ्रमणमा रहेको भारतले तीन खेलको सिरिजमा २-० को अग्रता समेत बनाएको छ ।
पहिलो खेलमा भारतले अष्ट्रेलियालाई ६६ रनले हराएको थियो । दुई टिमबीचको अन्तिम तथा तेस्रो खेल मंगलबार हुनेछ । यस अघि भएको एकदिवसीय सिरिज भने अष्ट्रेलियाले २-१ ले जितेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपीएल : कर्णाली याक्सद्वारा जनकपुर बोल्ट्सलाई १४२ रनको लक्ष्य
मंसिर १७, २०८१ सोमबार
एनपीएल : जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्स ब्याटिङ गर्दै
मंसिर १७, २०८१ सोमबार
चितवनसँग काठमान्डु गुर्खाज ५ विकेटले पराजित
मंसिर १७, २०८१ सोमबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार