वाग्मतीमा विद्युतीय बस सञ्चालन गर्न सातवटा मार्ग तयार
नेपालबहस संवाददाता
मंसिर २२, २०७७ सोमबार २०:५८:२२
२२ मंसिर, मकवानपुर । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयले इन्धनबाट सञ्चालित सवारीलाई विस्थापित गरी विद्युतीय बस सञ्चालन गर्न सातवटा मार्ग तयार गरेको छ ।
मन्त्रालयका अनुसार प्रदेशका मुख्य शहर हेटौँडा, भरतपुर, सिन्धुलीमाढी, विदुर, धुलिखेल, काठमाडौं उपत्यका र धादिङबेंसीमा विद्युतीय सवारीसाधन सञ्चालनका लागि रुट तयार भइसकेको छ । यसका लागि मन्त्रालयले निजी क्षेत्रका व्यवसायीलाई बस सञ्चालन गर्न आग्रह गरिसकेको भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले जानकारी दिए ।
चार्जिङ स्टेशन निर्माणका लागि ११९ स्थानीय तहलाई सूचना आह्वान गरिसकिएको उनले बताए । उनका अनुसार यसका लागि भरतपुर महानगरपालिका, हेटौँडा उपमहानगरपालिका, कागेश्वरी मनोहरा र शङ्खरापुर नगरपालिका, गल्छी गाउँपालिकालगायत आठ स्थानीय तहले चार्जिङ स्टेशनका लागि जग्गा उपलब्ध गराउने आशयपत्र मन्त्रालयमा पठाइसकेका छन् । चार्जिङ स्टेशनको निर्माण गर्न नेपाल विद्युत् प्राधिकरण, नगर विकास कोष, सम्बन्धित स्थानीय तह र प्रदेश सरकारले संयुक्तरुपमा गृहकार्य गरिरहेका छन् ।
मन्त्री फुयाँलले यातायात सञ्चालन तथा व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक र उपकार्यकारी निदेशक पदपूर्तिका लागि सूचना प्रकाशन भइसकेको जानकारी दिँदै योग्यता र क्षमताका आधारमा नियुक्ति गरिने बताए । प्रदेश सरकारको पहिलो नीति कार्यक्रममा प्रदेशभित्र आगामी २०८५ साल वैशाखसम्ममा इन्धनबाट चल्ले सवारी साधनलाई विस्थापन गर्ने र विद्युतीय सवारी साधनलाई वैकल्पिकरुपमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशसभा बैठक माघ १८ गते बोलाउन सिफारिस
माघ ११, २०८१ शुक्रबार
जङ्गली हात्ती बस्ती पस्न थालेपछि निजीलाई एकीकृत गर्न माग
माघ ९, २०८१ बुधबार
प्रदेशसभा सचिवालयमा तीन वटा विधेयक दर्ता
माघ ८, २०८१ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार