उच्चतम ढङ्गले पूर्वाधारको विकासका लागि सरकार क्रियाशील : मन्त्री भट्टराई
नेपालबहस संवाददाता
मंसिर २३, २०७७ मंगलबार २३:३५:११
२३ मंसिर, जनकपुरधाम । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जनकपुरधामको उच्चतम ढङ्गले पूर्वाधारको विकासका लागि सरकार क्रियाशील रहेको बताएका छन ।
नेपाल नागरिक उड्डयन प्राधिकरणद्वारा जनकपुर विमानस्थलमा निर्माण गरिएको टर्मिनल भवन र कन्ट्रोल टावरको आज मन्त्री भट्टराईले उद्घाटन गर्दै उद्घाटित भवन र टावर सङ्घ, प्रदेश र स्थानीय तहको मित्रताको सेतु र सुन्दर उपहार भएको धारणा राखे ।
सङ्घ र प्रदेश नं २ सरकारबीच घनिष्ठ सम्बन्ध रहेको चर्चा गर्दै उनले ‘निर्माण गरिएको भवन र टावर सङ्घीयताको विशेषतासँग गाँसिएको प्रतीक हो’ भने । सभ्यता र संस्कृतिको केन्द्र भएको जनकपुरधामको गरिमा र महत्व सन्दर्भमा जनकपुर विमानस्थलको नाम जनकपुरधाम विमानस्थल नामकरण राख्नुपर्ने मागप्रति सरकार सकारात्मक रहेको बताउँदै भन्दै उनले यसका लागि नीतिगत प्रक्रिया अघि बढाउनु आवश्यकता औंल्याए ।
मन्त्री भट्टराईले जनकपुरधामबाट अन्तरप्रदेश र अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालनका लागि धावनमार्गको विस्तार आवश्यक भएकाले जग्गा उपलब्ध र प्रक्रियागत समस्या समाधानका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच छलफल, समझदारी र सहकार्य गर्नुपर्नेमा जोड दिए ।
प्रतिनिधिसभा सदस्य राजेन्द्र महतोले जनकपुर विमानस्थललाई जनकपुरधाम विमानस्थल नामकरण गर्नुपर्ने र धार्मिक पर्यटन प्रवद्र्धन हुने ढङ्गले हवाई सेवा विस्तार गर्नुपर्ने बताए । अर्का प्रतिनिधिसभा सदस्य जुली महासेठले जनकपुरधाम विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउनु जरुरी भएको धारणा राखे ।
उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्री रामनरेश रायले जनकपुरधामबाट अन्तर प्रदेश र भारतका बङ्गाल, उत्तर प्रदेश र विहारका प्रमुख स्थलसम्म हवाई सेवा सञ्चालनको अवधारणालाई मूर्तरूप दिन आग्रह गर्दै नेपाल भारत सीमा बन्दका कारण यात्रुलाई सास्ती भोग्नु परिरहेकाले सीमा खुल्ला गर्नुपर्ने बताउनुभयो ।
प्राधिकरणका निमित्त महानिर्देशक नरेन्द्रबहादुर थापाको अध्यक्षतामा भएको सो समारोहमा मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, जनकपुधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह र एरोड्रम इञ्जिनीयरिङ विभागका प्रमुख प्रदीप अधिकारीले भवन र टावर निर्माणले जनकपुरधामको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने विश्वास व्यक्त गरे ।
पुरानो टर्मिनल भवनलाई विस्थापित गरी सुविधा सम्पन्न टर्मिनल भवन बनाउने सरकारको नीतिअनुरूप जनकपुरधामको ५३ वर्ष पुरानो टर्मिनल भवनलाई विस्थापित गरी रु ४२ करोडको लागतमा अत्याधुनिक सुविधायुक्त टर्मिनल भवन निर्माण गरिएको छ ।
सो भवन र टर्मिनलको संरचनामा इँटा प्रयोग नगरी स्टिलको प्रयोग गरिएको जनाइएको छ । टर्मिनल भवनको निर्माण कार्य दुई वर्षमा सम्पन्न हुनुपर्ने प्राविधिक समस्या, संरचनागत अस्पष्टताका कारण आठ वर्षमा सम्पन्न भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का
मंसिर १३, २०८१ बिहिबार
पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान
मंसिर १२, २०८१ बुधबार
शे–फोक्सुण्डो तालमा पर्यटकको आगमन जारी
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वको तेस्रो अग्लो कञ्चनजङ्घामा पर्यटक
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
काभ्रेभिरमा ‘रक एङ्करिङ’ गरेर सडक फराकिलो पारिँदै
मंसिर १३, २०८१ बिहिबार
पालिकाद्वारा गाईपालक किसानलाई प्रोत्साहनस्वरुप अनुदान
मंसिर १३, २०८१ बिहिबार
वीरगञ्जबाट काठमाडौं हिँडेको कन्टेनर चुरियामाई उकालोमा पल्टियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
मंसिर १३, २०८१ बिहिबार
एनपीएल खेल्न नेपाल आइपुगे जिशान मक्सुद
मंसिर १३, २०८१ बिहिबार