हिमालयन बैंकको वित्तीय सूचकमा पहिरो, कमजोर वाणिज्य बैंकका रुपमा स्थापित हुँदै
आर्थिक संवाददाता
मंसिर २५, २०७७ बिहिबार २३:८:५६
२५ मंसिर, काठमाडाैं । निकै पुरानो बैंक भएपनि विगत केही समयदेखि हिमालयन बैंकले बजारमा आफुलाई कमजोर बैंकको रुपमा स्थापित गर्दैछ । बैंकले प्रकाशन गरेको चालु आर्थिक वर्षको प्रथम त्रैमासमा बैंकका सबै सूचकहरु नकारात्मक छन् ।
हिमालयन बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको वित्तीय विवरण अनुसार आफ्नो व्यापार विस्तार गर्न पनि त्यति आक्रामक रुपमा प्रस्तुत भएको छैन । निक्षेप संकलन जम्मा ३ प्रतिशतले वृद्धि भएको छ भने कर्जा प्रवाह २ प्रतिशतले घटेको छ । बैंकको मुनाफा ४७ प्रतिशतले घट्दा वितरण योग्य मुनाफा ६२ लाखमा सिमित भएको छ।
हाल हिमालयन बैंकको संचालक समितिको अध्यक्ष तुलसीप्रसाद गौतम छन् । उनी कर्मचारी सञ्चय कोषका प्रमुख कार्यकारी अधिकृत पनि हुन् । पाकिस्तानको हबिब बैंकको समेत लगानी रहेको यस बैंकका संचालक समितिको सदस्यमा फैसल एन ललानी, प्रचण्डबहादुर श्रेष्ठ, सुनिलबहादुर थापा, आशिष शर्मा, विजयबहादुर श्रेष्ठ, राधाकृष्ण पोटे रहेका छन् ।
त्यस्तै बैंककाे प्रमुख कार्यकारी अधिकृतमा अशोकशमशेर राणा छन् । राणा बैंकका स्थायी सीईओ जस्तै देखिएका छन् । त्यस्तै नेपाल रास्ट्र बैंकका पहिलाे गभर्नर हिमालयन शमशेर ज.ब.रा. संचालक समितिका सल्लाहकार रहेका छन्।
प्रमुख गतिविधि :
बैंकको संचालक समितिले आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट १४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।लाभांश अघिल्लो वर्ष भन्दा घटेको छ। अघिल्लो वर्ष बैंकले १० प्रतिशत बोनस शेयर र १२ प्रतिशत नगद लाभांश गरी जम्मा २२ प्रतिशत लाभांश वितरण गरेको थियो ।
प्रस्तावित लाभांशमा न्यून प्रतिफल :
कम्पनीले हाल प्रस्ताव गरेको २० प्रतिशत लाभांशको बुक क्लोज नभएको अवस्थामा कम्पनीको अहिलेको बजार ६५३ लाई लिँदा अहिलेको बजार मूल्यमा शेयर खरिद गरेर लाभांश खादा ३ प्रतिशत मात्र प्रतिफल देखिएको छ।
रिटर्न अफ इक्विटी ८ प्रतिशत :
बैंकको अहिलेको रिटर्न अफ इक्विटी जम्मा ८ प्रतिशत भन्दा थोरै माथि रहेको छ। वाणिज्य बैंकको औसत रिटर्न अफ इक्विटी भन्दा हिमालयन बैंकको निकै तल रहेको छ । यसको अर्थ हिमालयन बैंकको व्यवस्थापनले शेयरधनीको पुँजीबाट राम्रो प्रतिफल ननिकालेको बुझ्न सकिन्छ। व्यवस्थापन असफल भएको देखिन्छ।
हिमालयन बैंकको आर्थिक वर्ष ०७७/७८ को प्रथम त्रैमास र आर्थिक वर्ष ०७६/७७ को प्रथम त्रैमासलाई दाँजेर हेर्दा :
✍ खुद मुनाफामा पहिरो :
हिमालयन बैंकको खुद मुनाफामा पहिरो गएको छ । आर्थिक वर्ष ०७७/७८ को प्रथम त्रैमाससम्म बैंकले जम्मा ३६ करोड ५९ लाख खुद मुनाफा आर्जन गरेको छ । जबकी आर्थिक वर्ष ०७६/७७ को प्रथम त्रैमाससम्म बैंकले ६९ करोड ४२ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको थियो । यसरी खुद मुनाफामा ४७ प्रतिशतको गिरावट देखिएको छ।
✍ प्रमुख आम्दानीको श्रोतमा २९ प्रतिशतको पहिरो :
बैंकको प्रमुख आम्दानीको श्रोतमा रहेको खुद व्याज आम्दानीमा २९ प्रतिशतको गिरावट देखिएको छ । आर्थिक वर्ष ०७६/७७को प्रथम त्रैमासमा १ अर्ब ३१ करोड खुद व्याज आम्दानी गरेकोमा आर्थिक वर्ष ०७७/७८को प्रथम त्रैमाससम्ममा बैंकले ९३ करोड ८९ लाख खुद व्याज आम्दानी गरेको छ ।
कम्पनीले जोखिमवापत १३ करोड ४८ लाख व्यवस्थापन गर्नुपरेको छ । आर्थिक वर्ष ०७६/७७ को प्रथम त्रैमाससम्ममा बैंकले ७ करोड ६६ लाख मात्र व्यवस्थापन गरेको थियो । समिक्षा अवधिमा संचालन मुनाफा पनि ४८ प्रतिशतले घट्दै ५१ करोड ७५ लाख पुगेको छ ।
✍ वितरण योग्य मुनाफामा पहिरो :
वितरण योग्य मुनाफा गत आर्थिक वर्षको प्रथम त्रैमासको तुलनामा ९७ प्रतिशतले घट्दै ६२ लाख ६२ हजार मात्र छ ।
✍ प्रतिशेयर आम्दानीको अवस्था नाजुक :
खुद मुनाफामा पहिरो गएसँगै कम्पनीको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ६२ पैसा मात्र छ ।
✍ मूल्य आम्दानी अनुपात ४२ गुणा :
कम्पनीको दोश्रो बजारमा मंसिर २५ गतेको बजार मूल्य ६५३ लाई आधार मान्दा मूल्य आम्दानी अनुपात ४२ गुणा रहेको छ । अन्य वाणिज्य बैंकको तुलनामा यो मूल्य आम्दानी अनुपात निकै धेरै रहेको छ।
✍ जगेडा कोष बढ्यो :
बैंकको संचित मुनाफा २ अर्ब ५० करोड पुगेको छ भने जगेडा कोष ६ प्रतिशतले वृद्धि हुँदै ६ अर्ब ०७ करोड पुगेको छ ।
✍ निक्षेप सुस्त, कर्जा घट्यो:
हिमालयन बैंकले १ खर्ब २८ अर्ब निक्षेप संकलन गरी ९९ अर्ब ३८ करोड कर्जा प्रवाह गरेको छ । कर्जा प्रवाह २ प्रतिशतले घटेको छ भने निक्षेप संकलन सामान्य ३ प्रतिशतले मात्र वृद्धि भएको छ।
✍ खराब कर्जा बढ्यो :
खराब कर्जा ६ प्रतिशतले वृद्धि हुँदै १ दशमलव २३ प्रतिशत पुगेको छ । आर्थिक वर्ष ०७६/७७ को प्रथम त्रैमासमा खराब कर्जा १ दशमलव १६ प्रतिशत मात्र थियो ।
✍ आधार व्याज दर घट्यो :
बैंकले आधार व्याजदर घटाउन सफल भएको छ । बैंकको आधार व्याजदर ७ दशमलव १६ प्रतिशतमा झरेको छ जो एक वर्ष अघि ९ प्रतिशत नजिक थियो ।
✍ सीसीडी अनुपात घट्दै, कर्जा प्रवाहमा समस्या :
बैंकको सीसीडी ६४ प्रतिशत मात्र छ। सीसीडी समिक्षा अवधिमा १३ प्रतिशतले घटेको छ। बैंकसँग निकै धेरै लगानी गर्ने रकम भए पनि बैंकले सो रकमको कर्जा प्रवाह गर्न सकेको छैन ।
निस्कर्ष:
हिमालयन बैंकको अवस्था दिन प्रतिदिन खस्कँदाे अवस्थामा पुगेकाे छ । बैंकको प्रथम त्रैमासको वित्तीय विवरण हेर्दा अवस्था निकै नाजुक भएको छ । प्रमुख आम्दानीको श्रोत खुद व्याज आम्दानी नै घट्दा बैंकलाई नराम्रो असर परेको छ । खुद मुनाफामा पहिरो जाँदा बैंकको प्रतिशेयर आम्दानी पनि नाजुक अवस्थामा पुगेको छ ।
वितरणयोग्य मुनाफा १ करोड पनि नहुनुले शेयरधनी निराश बनेका छन् । कर्जा प्रवाह घट्नु र सीसीडी अनुपात ६५ प्रतिशत भन्दा मुनि हुनुले बैंकका ग्राहककाे विश्वास घटेको प्रस्ट देख्न र बुझ्न सकिन्छ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार
अब मोवाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दैछ चमत्कार
मंसिर १२, २०८१ बुधबार
‘आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’
मंसिर १२, २०८१ बुधबार
श्रममन्त्री भण्डारी र इजरायली राजदूतबीच भेट
मंसिर १२, २०८१ बुधबार