क्रिकेटबाट पार्थिव पटेलले लिए सन्यास
नेपालबहस संवाददाता
मंसिर २४, २०७७ बुधबार २०:१२:३६
२४ मंसिर, एजेन्सी । भारतीय विकेट किपर ब्याट्सम्यान पार्थिव पटेलले सबै ढाँचाको क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । ३५ वर्षिया विकेट किपर ब्याट्म्यानले बुधबार ट्वीट गर्दै यसबारे जानकारी दिएका हुन् ।
उनले १८ वर्ष क्रिकेट करियरमा लगाए । उनले भारतका लागि २५ टेष्ट, ३८ एक दिवसीय र २० टी–ट्वान्टी अन्तराष्ट्रिय खेले । उनले आफ्नो अन्तिम टेष्ट सन् २०१८ मा दक्षिण अफ्रिकाविरुद्ध जोहानिसबर्गमा खेलेका थिए ।
तीन महिनापछि आफ्नो ३६ औं जन्म दिन मनाउन गईरहेका पार्थिवले ट्वीटर र इन्टाग्राममा लेखेका छन्, ‘म आज क्रिकेटको सबै ढाँचाबाट बिदा लिईरहेको छु । मन भारी बनाएर आफ्नो १८ वर्षको क्रिकेट यात्रा अन्त्य गर्न गईरहेको छु ।’
सौरभ गांगुलीको कप्तानीमा १७ वर्ष १ सय ५२ दिनमा टेष्ट क्रिकेटमा डेब्यु गरेका पार्थिव पटेलले करियरमा ३१ द्यशमलव १३ को औसतमा ९ सय ३४ रन बनाएका थिए । जसमा ६ अर्धशतक पनि छ । उनले ६२ क्याच लिदै १० स्टम्प पनि लिएका थिए ।
उनलाई सन् २००२ मा ईङ्ल्याण्डको भ्रमणमा पठाईएको थियो । उनले रणजी ट्रफी समेत नखेलेको अवस्थामा राष्ट्रिय टिमबाट मौका पाएका थिए । पार्थिवले भने, ‘बीसीसीआईले धेरै भरोसा गर्यो र १७ वर्षको उमेरमा एक युवा भारतका लागि खेल्न सक्छ भन्ने देखायो । करियरको सुरुवाती वर्षमा यस प्रकारको हौसला दिने बोर्ड प्रतिसधै आभारी छु ।’
पार्थिवले आफ्नो एकदिवसीय करियरमा २३ दशमलव ७४ को औसतमा २ हजार ८ सय ४८ रन बनाए । उनले १३ अर्धशतक लगाए । पार्थिक १७ वर्ष १ सय ५२ दिनको उमेरमा टेष्ट क्रिकेटमा डेब्यु गर्ने सबैभन्दा युवा विकेट किपर रहेका छन् । तर दिनेश कात्तिक र महेन्द्र सिंह धोनी आएपछि उनी भारतीय टिमको नियमित सदस्य रहन सकेनन् ।
उनले सन् २००४ मा भारतीय टिम बाहिर भएपछि मात्र पहिलो रणजी ट्रफी खेलेका थिए । उनले बीसीसीआई अध्यक्ष गौगुली र सबै कप्तानलाई धन्यवाद दिए । महेन्द्र सिंह धोनीको आगमनपछि उनी दोस्रो रोजाईको खेलाडी बने र ब्याट्सम्यानको रुपमा खेले ।
उनले केही समयपछि सिमित ओभरको खेलमा केही खेल ओपनर ब्याट्सम्यानको रुपमा खेलेका थिए । उनले करियरमा कहिल्यै धोनीलाई दोष दिएनन् । उनले सधै आफु र दिनेश कात्तिकलाई धोनी भन्दा अघि राष्ट्रिय टिममा स्थान सुरक्षित गर्ने मौका मिलेको बताउँदै आएका थिए ।
उनी घरेलु क्रिकेटमा भने सफल रहे । उनले पहिलो श्रेणी क्रिकेटमा १ सय ९४ खेलमा २७ शतक सहित ११ हजार २ सय ४० रन बनाए । उनले आईपीएलमा मुम्बई ईन्डियन्स, चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंग्लोरबाट खेलेका थिए । उनी यस पटक बैंग्लोरका लागि एक म्याच समेत खेल्न सकेनन् ।
पार्थिवले आफ्नो कप्तानीमा गुजरातलाई सन् २०१६–१७ मा रणजी ट्रफी जिताएका थिए । उनी भारतका तिव्र गतिका बलर जसप्रीत बुमराहका पहिलो कप्तान रहे । उनले सन् २०१३ मा जसप्रीतसंग सैयद मुश्ताक अली ट्रफी खेलेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपीएल : कर्णाली याक्सद्वारा जनकपुर बोल्ट्सलाई १४२ रनको लक्ष्य
मंसिर १७, २०८१ सोमबार
एनपीएल : जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्स ब्याटिङ गर्दै
मंसिर १७, २०८१ सोमबार
चितवनसँग काठमान्डु गुर्खाज ५ विकेटले पराजित
मंसिर १७, २०८१ सोमबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार