शेयरबजारमा रातो रङ, करेक्सन मात्रै हो कि बजार घट्ने संकेत ?
नेपालबहस संवाददाता
मंसिर २४, २०७७ बिहिबार ०:३८:४२
२४ मंसिर, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक आज ३९.६० अंकले घटेर १ हजार ९५५ दशमलव ७५ बिन्दूमा बन्द भएको छ । कारोबार भएका सबै परिसुचक मध्ये जलविद्युतमा मात्र उछाल आयो । परिसुचक सँगै कारोबार रकममा पनि गिरावट आएको छ ।
यो साता समग्रमा शेयरबजार सुस्त बन्दै गइरहेको छ । बुधबार कारोबार रकम ४ अर्ब ७४ करोड ५६ लाख ४९ हजार २९२ रुपैयाँमा खुम्चिएको छ । आज २०१ कम्पनीका १ करोड ८ लाख २१ हजार ९७२ कित्ता शेयर ४६ हजार ४७५ पटक खरीदबिक्री भएका छन् । मंगलबार ५ अर्ब ७१ करोड ९४ लाख, सोमबार ६ अर्ब ६६ करोड ७९ लाख र आइतबार ७ अर्ब २० करोड ९१ लाख रुपैयाँ बढीको शेयर करोबार भएको थियो ।
व्यापार उपसमूहको सूचक ४.८७ प्रतिशतले घट्दा बैंकिङ्ग, होटल, निर्जीवन बीमा, लघुवित्त, जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्यको सूचक २ प्रतिशत बढीले घटेको छ । म्युचुअल फण्ड, विकास बैंक र वित्तको सूचक पनि आरालो लागेका छन् । जलविद्युतको सूचक भने १.२५ प्रतिशतले बढेको छ ।
आज पुनर्बीमा कम्पनीसँगै अपर तामाकोशी हाइड्रोपावरको शेयर उच्च कारोबार भएको छ । पुनर्बीमा कम्पनीको ४२ करोड ४२ लाख ७२ हजारको शेयर कारोबार भएको छ । शेयरमूल्य भने ६५ रुपैयाँले घटेर १५४० रुपैयाँमा ओर्लिएको छ । अपर तामाकोशीको २५ करोड ९४ लाख, अरुण काबेली २३ करोड २१ लाख र नेपाल लाइफको २० करोड २६ लाखको शेयर कारोबार भएको छ ।
रसुवागढी हाइड्रोपावर, नेपाल बैंक, एनटिसी, शिवम् सिमेन्टस्, आईएमई जनरल इन्स्योरेन्स र नागरिक लगानी कोष शीर्ष कारोबार हुने दश कम्पनीभित्र परेका छन् ।
आज कारोबार भएकोमध्ये नारायणी डेभलपमेन्ट बैंक र साञ्जेन जलविद्युत कम्पनीकोृ शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । दुवै कम्पनीको शेयरमूल्य करिब दश प्रतिशतले बढेको छ । रसुवागढी हाइड्रोपावर, प्रभु बैंक संस्थापक, नेपाल ल्यूब आयल, अपर तामाकोशी, राधी विद्युत कम्पनी, युनिलिभर नेपाल लिमिटेड, लिवर्टी इनर्जी र माउन्टेन हाइड्रो नेपाल लिमिटेड आजको बजारमा शेयरमूल्य बढ्ने दश कम्पनीभित्र देखिएका छन् ।
त्यसैगरी अरुण भ्याली र हिमालयन उर्जाको मूल्यमा उच्च गिरावट आएको छ । दुबैको शेयरमूल्य ५ प्रतिशत बढीले गिरावट आएको हो । साल्ट्र ट्रेडिङ्ग कर्पोरेशन, कालिका पावर, विशाल बजार कम्पनी, सूर्योदय लघुवित्त, मिथिला लघुवित्त, प्रभु बैंक, पुनर्बीमा कम्पनी र शिवम् शिमेन्टसको शेयरमा लगानी गरेका लगानीकर्ताले आज गुमाएका छन् ।
उतारचढावका बीच रेकर्ड ब्रेक गरेको नेप्से परिसुचकमा यस हप्ता करेक्सन देखिएको छ । नेपाल राष्ट्र बैंकले शेयर कर्जामा पुर्न विचार गर्न सक्ने अभिव्यक्ति बाहिर ल्याएपछि भने लगानीकर्ताको मनोवल केही खस्किएको झैँ देखिएको छ । नेपालमा रहेका व्यवसायिक घराना र अग्रवाल समुदायले समेत शेयरबजारमा लगानी विस्तार गरिरहेको बेला एकाथरी लगानीकर्ता भने यस साताको गिरावटलाई करेक्सन मात्रै मानिरहेका छन् ।
उनीहरुको तर्क छ, बैंकिङ सुचक त बुम हुन बाँकी नै छ । अहिले बजारको लाल रंङ केवल करेक्सन मात्रै हो । अल्पकालिन लगानीकर्ताहरू नाफा बुक गर्ने हताराेमा देखिएका छन् । तत्कालै नेप्सेमा ठुलो अंकको पहिरो जाने संभावना न्युन रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक सञ्जालमा आउने विश्लेषणलाई आधार बनाएर लगानी नगर्नु : नेप्से
असोज ७, २०८१ सोमबार
नेप्से पुगेर अर्थमन्त्रीको प्रश्न : पुँजीबजार किन अस्थिर भइरहेको छ ?
असोज २, २०८१ बुधबार
५७ अंकले घटेर २५८० अंकमा झर्यो नेप्से परिसूचक, कारोबार पनि खुम्चियो
भदौ ३१, २०८१ सोमबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार