है सानुको अपार सफलता पछी गोकुलको ‘है सानु दुई सानु’ बजारमा
नेपालबहस संवाददाता
मंसिर २५, २०७७ शुक्रबार ४:५१:३७
२५ मंसिर, काठमाडौं । गत बुधबार काठमाण्डौको अनामनगर स्थित पाना काफे एण्ड थकाली किचेनको सभाकक्षमा ‘है सानु दुई सानु’ बोलको गीतको लोकार्पण भएको छ । उक्त गीत गोकुल राउतको हो । बिगत निकै देखि नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा क्रियासिल गायक तथा सर्जक गोकुल राउतको ‘है सानु दुई सानु’ बोलको गीत लोकार्पण कार्यक्रम घमेश दुलालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा गायक भोजराज काफ्ले, इन्दिरा गुरुङ्ग, गीता देबी, सिता थापा, सामाजिक अभियन्ता पुण्य गौतम, लगाएत काँठ क्षेत्रका बरिष्ट कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो । ‘है सानु दुई सानु’ बोलको गीतको लोकार्पण कार्यक्रममा पछिल्लो समय कलाकारहरुका सिर्जना प्रयोग गरेर प्रत्यक्ष दोहोरीबाट लाभ लिने युट्युब च्यानललाई सिस्टममा आएर, प्रयोग भएका गीतका सर्जकलाई पनि नमार्न अनुरोध गरिएको छ ।
उक्त प्रसङ्गमा कार्यक्रमका प्रमुख अतिथि घमेश दुलालले आफु राष्ट्रिय संगीतकर्मी संघको संस्थापक भैरहंदा, जो कोहिले सम्पूर्ण कलाकारहरुको हकहितका निमित्त आवाज बुलन्द गर्छ, उस्लाई पूर्ण सहयोग गर्ने बताएका थिए । यता यसै कार्यक्रमका अध्यक्ष गोकुल राउतले आफ्नो सिर्जना प्रयोग गरेर मोटाउने र सम्बन्धित कलाकारलाई ब्यवास्ता गर्ने च्यानल प्रति आक्रोश ब्यक्त गरेका छन् ।
लोकार्पण भएको गीतमा गुकुल राउत र पार्वती कार्कीको सुमधुर स्वर सुन्न सकिन्छ भने संगीत संयोजन तथा लय शब्द गायक स्वयम् गोकुल राउतले भरेका छन् । प्रस्तुत गीतको म्युजिक भिडियोमा सन्जिब ठकुरी र प्रकृति खड्काको आकर्षक अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन सन्जिब ठकुरीले गरेका हुन् भने छायांकन प्रकाश खड्का र सम्पादन राजकुमार मगरले गरेका छन् ।
लोकार्पण कार्यक्रममा उपस्थित सम्पूर्ण कलाकारहरुले गोकुल राउतको यो पछिल्लो सांगीतिक प्रतुतिको लागि सफलताको शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रमलाई लोकप्रिय गायिका तथा संचारकर्मी सोभा त्रिपाठीले संचालन गरेकी थिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलन्डनमा एकसाथ गुन्जिदै 'कन्दरा' र स्वप्न सुमन
पुष १७, २०८१ बुधबार
‘सम्झनामा स्रष्टा साङ्गीतिक समर्पण कार्यक्रम २०८१’ सम्पन्न
पुष ९, २०८१ मंगलबार
अष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज
मंसिर २६, २०८१ बुधबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
तिब्बत केन्द्रविन्दु भएर ७ रेक्टरको शक्तिशाली भूकम्प
पुष २३, २०८१ मंगलबार
यस्ता छन् माओवादीले पारित गरेका १६ वटा प्रस्तावहरू (पूर्णपाठ)
पुष २३, २०८१ मंगलबार
गेटामा विश्वविद्यालय सञ्चालनको गृहकार्य गर्दै सरकार
पुष २३, २०८१ मंगलबार
खुम्बु क्षेत्रमा हेलिकप्टर उडान गर्न अनुमति
पुष २३, २०८१ मंगलबार
विदेशमा सिकेका सीप, श्रम र आर्जित पुँजीलाई स्वदेशमा परिचालन गरौं : मन्त्री भण्डारी
पुष २३, २०८१ मंगलबार
समाजवादी क्रान्तिका लागि केन्द्रीय समिति बैठक कोसेढुङ्गा सावित : अध्यक्ष प्रचण्ड
पुष २३, २०८१ मंगलबार
पूर्वसमूह खोज्नतिर होइन, भरभराउँदो आजको एमाले खोजौँ : अध्यक्ष ओली
पुष २३, २०८१ मंगलबार