मुलुकको आर्थिक विकासमा सहयोग गर्नुहोस् : मन्त्री गुरुङ
नेपालबहस संवाददाता
मंसिर २७, २०७७ शनिबार २२:१९:२५
२७ मंसिर ,काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पत्रकारिताका माध्यमबाट मुलुकको आर्थिक विकासमा सहयोग गर्न आम सञ्चारमाध्यमसँग अपिल गरेका छन् । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)को पाँचौँ महासभालाई यहाँ आज समापन गर्दै उनले कोभिड–१९ सँगै ओरालो लागेको मुलुकको आर्थिक अवस्था उकास्ने गरी भ्रामकभन्दा पनि सत्यसथ्य समाचार प्रकाशन÷प्रसारण गर्न आग्रह गरे।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले भने, “जनतालाई सही सूचना दिँदै सभ्य समाज निर्माण गर्न, आमसञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका हुन्छ, त्यसैले आचारसंहिता र मापदण्डभित्र रहँदै पत्रकारिता क्षेत्र परिपक्व र जिम्मेवार बन्न जरुरी छ ।” उनले नेपाली पत्रकारिता क्षेत्र उद्ययमशील बन्नुपर्ने बताउँदै मिडियामा हरेक हिसाबले लगानीकर्ता बलियो हँदै जाने र श्रमजीवी पत्रकार कमजोर हुँदै जाने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिए । नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले अबको पत्रकारिता देशको आर्थिक उत्थानमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।
महासभाले १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । नाफिजको नयाँ अध्यक्षमा द राइजिङ नेपालका पत्रकार मोदनाथ ढकाललाई निर्वाचित गरेको छ । त्यसैगरी रेडियो नेपालका भुवन आचार्य र आर्थिक न्युजका मेनुका कार्की उपाध्यक्षमा चयन भएका छन्र । महासचिवमा कर्पोरेट नेपालका नारायण पौडेल तथा सचिवमा अनलाइनखबरका रोयल आचार्य, सहसचिव बिजपाटीका महमल अजमत अली र कोषाध्यक्षमा नोटबजारका परमेश्वर अधिकारी चयन भएका छन् ।
महासभाले आर्थिक अभियानकी प्रजिता बुढाथोकी, रोजगार मिडियाका फणीन्द्र दाहाल, बाह्रखरीका रोबिन पौडेल, अनलाइनखबरका नवीन ढुङ्गाना र नेपालखबरका दीपक भट्टलाई सदस्यमा चयन गरेको छ । कार्यसमितिको पहिलो बैठकले गोरखापत्र दैनिकका गोपालचन्द्र सुवेदी र क्लिकमान्डुकी दिलु कार्कीलाई कार्यसमिति सदस्यमा मनोनीत गरेको छ । संस्थाका निवर्तमान अध्यक्ष सीताराम भट्टराई स्वतः कार्यसमिति सदस्य हुनुहन्छ । नवनिर्वाचित अध्यक्ष ढकालले संस्थाले आगामी दिनमा पेशागत सरोकार राख्ने अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग सम्बन्ध विकास गर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरामजानकी विवाह महोत्सव : अयोध्याबाट आएका जन्तीलाई मटिहानीमा स्वागत
मंसिर १८, २०८१ मंगलबार
आज अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस मनाइँदै
मंसिर १८, २०८१ मंगलबार
आजको मौसमः उच्च पहाडी तथा हिमाली भू भागमा हिमपात हुने
मंसिर १८, २०८१ मंगलबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
रामजानकी विवाह महोत्सव : अयोध्याबाट आएका जन्तीलाई मटिहानीमा स्वागत
मंसिर १८, २०८१ मंगलबार
एनपीएलः सुदुरपश्चिम र विराटनगरबीचमा प्रतिस्पर्धा हुने
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
समान अवसर र पहुँच सुनिश्चित गर्नु सबैको साझा दायित्व: देउवा
मंसिर १८, २०८१ मंगलबार
दूध बेचेर वार्षिक ३० लाख आम्दानी
मंसिर १८, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १८, २०८१ मंगलबार