मुक्तिनाथ विकास बैंकको “मुक्ति भाई” ब्राण्ड सार्वजनिक
नेपालबहस संवाददाता
मंसिर २८, २०७७ आइतबार १९:१५:५३
२८ मंसिर, काठमाडौं । मुक्तिनाथ विकास बैंकले बैंकको लोगोको प्रतिक “मुक्ति भाई” नामक नयाँ ब्राण्ड मस्कट सार्वजानिक गरेको छ । आगामी दिनमा बैंकले सोही मस्कटलाई ब्राण्ड बनाएर आफ्नो विभिन्न सेवा, सुविधा, प्रडक्टहरुको प्रचार प्रसार गर्ने बैंकले जनाएको छ ।
बैंकका अध्यक्ष भरतराज ढकाल र प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलद्धारा संयुक्त रुपमा एक कार्यक्रम मार्फत बैंकको मस्कट सर्वजानिक गरिएको हो । उक्त कार्यक्रममा बैंकका संस्थापक शेयरधनीहरु तथा उच्च व्यवस्थापनका कर्मचारीहरुको उपस्थिति रहेको थियो । बैंकको फेसबुक पेजबाट सोही कार्यक्रमको लाइभ प्रसारण गरिएको थियो ।
विकास बैंकले कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ्ग कारोबार र प्रणालीलाई प्रोत्साहन गर्न VISA Network अन्तर्गतको जुन सुकै बैंकको ATM बाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ । हाल विकास बैंकको १३८ ओटा शाखा कार्यालयहरु रहेको प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङ्गले नेपालबहस डटकमलाई बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली विकास बैंकले निक्षेप लिन र कर्जा दिन नपाउने
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
जनताले विकल्प खोज्ने बेला आयो : अध्यक्ष लिङ्देन
मंसिर १२, २०८१ बुधबार
युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छ: सभापति देउवा
मंसिर १२, २०८१ बुधबार
मन्त्रालयहरूको त्रैमासिक समीक्षा परिणाममूलक बनाउन प्रधानमन्त्रीको निर्देशन
मंसिर १२, २०८१ बुधबार
सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल
मंसिर १२, २०८१ बुधबार
नेपाल स्वास्थ्य सम्मेलन आगामी पुसमा हुने
मंसिर १२, २०८१ बुधबार
अनलाइन जुवा र क्रिप्टोमा ५५ करोडको कारोबार गर्ने एकजना पक्राउ
मंसिर १२, २०८१ बुधबार