सशस्त्रमा ७ डीआईजीको पद खाली, को को गर्दैछन् बढुवाका लागि दौडधुप ?
नेपालबहस संवाददाता
मंसिर २८, २०७७ आइतबार २३:४५:३६
२८ मंसिर, काठमाडौँ । सशस्त्र प्रहरी बलका ६ जना डीआईजीले अनिवार्य अवकाश पाएका छन् । ३० बर्से सेवाहदका कारण उनीहरुले आइतबारदेखि अनिवार्य अवकाश पाएका हुन् ।
अवकाश पाउनेमा डीआईजीहरू नगेन्द्र थापा, कवीन्द्रमान श्रेष्ठ, कृष्णभक्त ब्रम्हाचार्य, हरिशंकर बुढाथोकी, राजेन्द्र बस्नेत र हरिशचन्द्र अधिकारी छन् । उनीहरुसँगै उमेर हदका कारण एसएसपी राजेन्द्र शाक्यले पनि अवकाश पाएका छन् ।
नेपाली सेनाबाट स्थानान्तरण भइ आएका उनीहरुले सेनामा गरेको तालिम अवधिभरको १८ महिनालाई सेवा अवधिमा गणना नगर्न अनुरोध गर्दै गृह मन्त्रालयमा निवेदन दिएका थिए । तर, माग सुनुवाइ नभएपछि उनीहरू सबैजना स्वतः अवकाश भएका हुन् ।
सशस्त्र प्रहरीमा सातजना डीआईजीको दरबन्दी खाली छ । यसअघि सशस्त्रमा एक जना डीआईजीको दरबन्दी लामो समयदेखि रिक्त भएपनि सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बढुवा प्रक्रिया नै रोकेर राखेका थिए । खनाल आफै एकल एआईजीमा बढुवा भएर सशस्त्रको प्रहरी महानिरीक्षक बनेका अधिकारी हुन् ।
उनीहरुको अवकाशसँगै रिक्त पदको लागि बढुवाको दौडधुप सुरु भएको छ । सात डीआईजी पद रिक्त भएसँगै सशस्त्र मुख्यालयले चाँडै बढुवा प्रक्रिया थाल्ने भएको छ । बढुवाका लागि एक दर्जन एसएसपीहरु प्रतिस्पर्धामा छन् ।
डीआईजी बढुवाका लागि एसएसपी अभिकुमार खत्री, शम्भु सुवेदी, गणेशबहादुर ठाडामगर, दुर्गाप्रसाद भट्टराई र कमल गिरी, कुलबहादुर नेम्वाङ, कालीदास धौबजी, कुमार न्यौपाने, विदुर खड्का, भेषबहादुर शाह, प्रदीपकुमार पाल, लक्ष्मणबहादुर सिंह र कृष्णराज पाठक विशेष लबिङमा लागिरहेका छन् ।
उनीहरुमध्ये खत्री, ठाडा मगर, गिरी र नेम्वाङमध्ये एकलाई भावी सशस्त्र प्रहरी महानिरीक्षक आईजीपीका रुपमा समेत हेरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजश्वको इमाडोलमा छापा, चिनियाँ नाकाबाट आएको करोडौंको भेप बरामद
पुष २८, २०८१ आइतबार
सशस्त्र र नेपाल प्रहरीसम्बन्धी विधेयक संसदमा पेस हुँदै
पुष २७, २०८१ शनिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार