लाभांश पारित गर्दै कुमारी बैंकको २०औंं वार्षिक साधारण सभा सम्पन्न
नेपालबहस संवाददाता
मंसिर २९, २०७७ सोमबार २२:१२:२५
२९ मंसिर, काठमाडौं । कुमारी बैंक लिमिटेडको २०औं वार्षिक साधारण सभा बैंकका अध्यक्ष अमिर प्रताप ज.ब. राणाको अध्यक्षतामा सम्पन्न भएको छ । बैंकको रजिष्टर्ड कार्यालय, टंगाल, काठमाडौँमा सम्पन्न भएको उक्त साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व.२०७६/०७७ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब, पूँजीमा भएको परिवर्तन लगायत वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरेको छ ।
कोरोनाको उच्च जोखिमलाई मध्यनजर गर्दै, बैंकले अन्लाइन प्लाट्फोर्म जूममार्फत शेयरधनिको धारणा समावेश गरेको थियो । साधारण सभाले शेयरधनीहरुलाई आ.व.२०७६/०७७ को लागि १०.८५% बोनस शेयर तथा ३.१५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सो बोनस शेयर जारी पश्चात् कुमारी बैंकको चुक्ता पुँजी रु.१३ अर्ब ८७ करोड हुनेछ ।
आर्थिक वर्ष २०७६/०७७ को असार मसान्तसम्म बैंकले कुल निक्षेप रु.१२४ अर्ब २२ करोड परिचालन तथा कुल कर्जा रकम रु. ११५ अर्ब १३ करोड प्रवाह गरी संचालन मुनाफा रु.२ अर्ब १४ करोड तथा रु.१ अर्ब १५ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।
बैंकले आर्थिक वर्ष २०७७/०७८ असोज मसान्तसम्म बैंकको कुल निक्षेप रु. १२२ अर्ब २९ करोड तथा कुल कर्जा रकम रु. ११५ अर्ब १९ करोड गरि रु. ८६ करोडको संचालन मुनाफा र रु.६० करोड २५ लाखको खुद मुनाफा आर्जन गर्न सफल भएकोे जानकारी दिएको छ । हाल बैंकले काठमाडौं उपत्यका भित्र र बाहिर गरि १८६ शाखा संजाल, १५० एटिएम्, १३ एक्स्टेन्सन काउन्टरका साथै २२ वटा शाखारहित बैंकिङ्क इकाई मार्फत देशभरी आफ्ना सेवा प्रदान गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव
मंसिर १२, २०८१ बुधबार
एनआइएमबीको संस्थापक शेयर बिक्रीमा
मंसिर १२, २०८१ बुधबार
कुमारी बैंककाे उद्यमी प्रशिक्षण कार्यक्रम माेरङकाे बेलबारीमा
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
एमाले नेता सवार सरकारी गाडी स्थानीयको नियन्त्रणमा
मंसिर १३, २०८१ बिहिबार
उखुको जुस बेचेर मनग्गे आम्दानी गर्दै पञ्चलाल
मंसिर १३, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ र पर्वतमा पाँच पुल बन्दै
मंसिर १३, २०८१ बिहिबार
बाढीले पुल बगाएपछि फोक्सिङटारमा अस्थायी बेलिब्रिज
मंसिर १३, २०८१ बिहिबार
सूचना आयोगले प्रधानमन्त्रीसमक्ष बुझायो वार्षिक प्रतिवेदन
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री डा राणा चीन प्रस्थान
मंसिर १३, २०८१ बिहिबार