लक्ष्मी बैंकको ओरालो यात्रा कायमै, लाभांशमा ३.५ प्रतिशतको गिरावट
नेपालबहस संवाददाता
मंसिर ३०, २०७७ बुधबार ०:३४:३०
३० मंसिर, काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले आर्थिक वर्ष २०७५/७६ मा भन्दा आर्थिक वर्ष २०७६/७७ मा ३.५ प्रतिशत कम लाभांश घोषणा गरेको छ ।
आ.व २०७५/७६ मा १५ प्रतिशत लाभांश वितरण गरेको बैंकले यस वर्ष भने ११.५ प्रतिशत मात्रै लाभंश वितरण गर्ने घोषणा गरेको हाे । बैंकको हिजो बसेको संचालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव गरेको छ ।
आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कुल ११.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । जसअनुसार बैंकले ८८ करोड ३१ लाख ३० हजार ३५६ रुपैयाँ बराबरको बोनस र २४ करोड ५३ लाख १३ हजार ९८८ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।
बैंकले हाल कायम चुक्ता पुँजीको ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि २.५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । बोनसपछि बैंकको चुक्ता पूँजी १० अर्ब ६९ करोड ५६ लाख ९० हजार रुपैयाँ पुग्नेछ ।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीलाई वितरण गरिने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव
मंसिर १२, २०८१ बुधबार
एनआइएमबीको संस्थापक शेयर बिक्रीमा
मंसिर १२, २०८१ बुधबार
कुमारी बैंककाे उद्यमी प्रशिक्षण कार्यक्रम माेरङकाे बेलबारीमा
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वको तेस्रो अग्लो कञ्चनजङ्घामा पर्यटक
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
काभ्रेभिरमा ‘रक एङ्करिङ’ गरेर सडक फराकिलो पारिँदै
मंसिर १३, २०८१ बिहिबार
पालिकाद्वारा गाईपालक किसानलाई प्रोत्साहनस्वरुप अनुदान
मंसिर १३, २०८१ बिहिबार
वीरगञ्जबाट काठमाडौं हिँडेको कन्टेनर चुरियामाई उकालोमा पल्टियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
मंसिर १३, २०८१ बिहिबार
एनपीएल खेल्न नेपाल आइपुगे जिशान मक्सुद
मंसिर १३, २०८१ बिहिबार