टोखामा ‘मेयर उज्यालो कार्यक्रम’ सञ्चालन गरिने
नेपालबहस संवाददाता
मंसिर ३०, २०७७ बुधबार २:३४:७
३० मंसिर, काठमाडौं । टोखा नगरपालिकाले ‘मेयर उज्यालो कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखाले नगरपालिकाभित्रका मुख्य सडकमा सडकबत्ती जडानका लागि ‘मेयर उज्यालो कार्यक्रम’ सञ्चालन गर्न लागेको हो ।
टोखाले मेयर उज्यालो कार्यक्रमका लागि चालु आर्थिक वर्षमा रु एक करोड ९८ लाख बजेट विनियोजन गरेको नगरपालिकाका आर्थिक शाखा प्रमुख ज्ञानबहादुर अधिकारीले राससलाई जानकारी दिए । टोखाले उक्त कार्यक्रमअन्तर्गत सामाखुशी चोकदेखि ग्राण्डी अस्पताल हुँदै टोखा गेटसम्म, सहेन्सा चोकदेखि दाहालगौँडा हुँदै ग्रिनल्याण्ड चोकसम्म, गोँगबु चोकदेखि जालपा चोक हुँदै धनेश्वर मन्दिरसम्म, नेचर चोकबाट भगवती चोक हुँदै आसपास क्षेत्रमा सडकबत्ती जडान गर्न लागेको छ ।
यस्तै, नयाँ बसपार्कदेखि विष्णुमति करिडोर हुँदै भत्केकोपुलसम्म, जालपाचोकदेखि सूर्यदर्शन हाइट हुँदै भुतखेलसम्म, टोखा गणेशस्थानदेखि चण्डेश्वरी मन्दिरसम्मको बाटो, बसुन्धरा चोकदेखि सामाखुशी खोला हुँदै भेटघाटचोकसम्म, वसुन्धरा बजार क्षेत्र र सामाखुशी चोकबाट भण्डारी चोक ओमशान्ति सामुदायिक भवनसम्मका लागि वजेट विनियोजन गरेको छ ।
नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले ऊर्जाअन्तर्गत मेयर उज्यालो कार्यक्रमका लागि आवश्यक पर्ने सडकबत्तीका लागि नगरपालिकाले बोलपत्र आह्वान गरिसकेको जानकारी दिए । सडकबत्ती जडानसँगै टोखाभित्र रातको समयमा हुने आपराधिक कार्यमा कमी आउने उनको भनाइ छ ।
यस्तै, टोखाले महानगरीय प्रहरीको समन्वयमा टोखाका मुख्य मुख्य चोकमा सिसी क्यामेरासमेत जडान गर्न लागेको छ । उक्त नगरपालिकाले टोखाको मुख्य चोकमा सिसी क्यामेरा जडानका लागि चालु आवमा रु एक करोड ५० लाख बजेट विनियोजन गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरपालिकाले ७२० जना शिक्षकलाई तालिम दिने
पुष २६, २०८१ शुक्रबार
निकञ्जमा घाँसेमैदान व्यवथापनको काम काम सुरु
पुष २५, २०८१ बिहिबार
‘दलित समुदायको उत्थानका लागि राज्यले ठोस योजना बनाउन जरुरी’
पुष २१, २०८१ आइतबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार
५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो
पुष २७, २०८१ शनिबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार