एभरेष्ट बैंकले डाक्यो साधारणसभा, १०.५ प्रतिशत लाभांश पारित गर्ने तयारी
नेपालबहस संवाददाता
पुस १, २०७७ बुधबार १९:३३:०
१ पुष, काठमाडाैं । एभरेष्ट बैंक लिमिटेडले वार्षिक साधारणसभाका लागि साधारण शेयरको दाखिला खारेज (बुक क्लोज) गर्ने भएको छ ।आगामी पुष १० गतेदेखि पुष २७ गतेसम्म बुक क्लोज गर्ने बैंकले जानकारी दिएको छ ।
बैंक सञ्चालक समितिको मंसिर ३० गते मंगलबार सम्पन्न बैठकले लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा पुष २७ गते बिहान ११ बजे साधारण सभा आव्हान गरेको हो । कोरोना संक्रमण कारण भर्चुअल माध्यमबाट साधारण सभा बोलाइएको छ ।
सभाले सञ्चालक समितिबाट गत आ.व.को नाफाबाट प्रस्तावित १०.५३ प्रतिशत लाभांश पारित गर्नेछ । जसअनुसार बैंकले चुक्ता पूँजीको ५ प्रतिशतले हुन आउने ४२ करोड ३५ लाख १० हजार ३४१ रुपैयाँ बराबरको बोनस र बोनसमा लाग्ने करसहित ५.५३ प्रतिशतले हुन आउने ४६ करोड ८४ लाख २ हजार ४३८ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ ।
सभामा सर्वसाधारण शेयरधनीहरुका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुईजना सञ्चालकको निर्वाचन गर्ने एजेण्डा पनि छ । वार्षिक साधारण सभा र लाभांश प्रयोजनका लागि बैंकले पुस १० गतेदेखि शेयर दाखिला खारेजी मिति तोकेको छ ।
यस अनुसार पुस ९ गतेसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहने शेयरधनीहरुले मात्र लाभांश पाउन र सभामा भाग लिन सक्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव
मंसिर १२, २०८१ बुधबार
एनआइएमबीको संस्थापक शेयर बिक्रीमा
मंसिर १२, २०८१ बुधबार
कुमारी बैंककाे उद्यमी प्रशिक्षण कार्यक्रम माेरङकाे बेलबारीमा
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वको तेस्रो अग्लो कञ्चनजङ्घामा पर्यटक
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
काभ्रेभिरमा ‘रक एङ्करिङ’ गरेर सडक फराकिलो पारिँदै
मंसिर १३, २०८१ बिहिबार
पालिकाद्वारा गाईपालक किसानलाई प्रोत्साहनस्वरुप अनुदान
मंसिर १३, २०८१ बिहिबार
वीरगञ्जबाट काठमाडौं हिँडेको कन्टेनर चुरियामाई उकालोमा पल्टियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
मंसिर १३, २०८१ बिहिबार
एनपीएल खेल्न नेपाल आइपुगे जिशान मक्सुद
मंसिर १३, २०८१ बिहिबार