बहानाबाजीमा पत्रकारको पारिश्रमिक नरोक्न महासंघकाे आग्रह
नेपालबहस संवाददाता
पुस १, २०७७ बुधबार २०:१०:१६
१ पुष ,बलेवा । नेपाल पत्रकार महासंघ बाग्लुङ शाखाले कोभिड–१९ को बहानामा कामबाट निकालिएका पत्रकारलाई बहाली गर्न र नियमित रुपमा तोकिएको तलब उपलब्ध गराउन माग गरेको छ । कोभिड–१९ को बहानामा सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई कामबाट निकाल्ने, तलब नदिने, कोरोनाको बहाना बनाएर बिदा दिने जस्ता कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको महासंघले जनाएको छ ।
नेपाल पत्रकार महासंघ बागलुङ शाखाको १२औँं वार्षिक साधारणसभा विभिन्न १० बुँदे समसामयिक प्रस्ताव पारित गर्दै महासंघले कुनै पनि बहानामा श्रमजीविको पारिश्रमिक रोकिन नहुने जनाएको हो । पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकारका लागि बनेको श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका लागि सम्पूर्ण सञ्चारमाध्यमलाई आह्वान गर्र्दै कार्यान्वयनको अवस्थाको महासंघले अनुगमन गर्ने र कार्यान्वयन नभएको पाइएमा खबरदारी गर्ने प्रस्ताव साधारणसभाबाट पारित गगरेको छ ।
सूचनाको हक पूर्ण कार्यान्वयन गरी सञ्चारमाध्यमलाई आफ्नो कार्यालय तथा संघ संस्थाको सूचना उपलब्ध गराउन तथा त्रैमासिक रुपमा कार्यसम्पादन सार्वजनिक गर्न मागसमेत गरिएको छ । पत्रकारको क्षमता विकास, पेशागत सुरक्षाको आवश्यक व्यवस्थापन गर्न सबै सञ्चारमाध्यमलाई महासंघले आग्रह गरेको छ । समाचारको विषयलाई लिएर पत्रकारलाई डर, धम्की दिने, प्रलोभन देखाउने, अनावश्यक लाञ्छनालगायत जस्ता कार्य नगर्न तथा समाचारप्रति कुनै गुनासो भएमा प्रक्रियागत ढङ्गले अगाडि बढ्न सरोकारवालालाई आग्रह गरेको छ ।
स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकारले सञ्चार क्षेत्रका लागि दिने विज्ञापन नीतिलाई प्रभावकारी बनाइ समानुपातिक रुपमा वितरण गर्न तथा स्थानीय विज्ञापन स्थानीय सञ्चारमाध्यममै दिने व्यवथा गर्न सचिव रामबहादुर थापाले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार
५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो
पुष २७, २०८१ शनिबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार