प्रकृति र मानवबीचको सम्बन्ध निकट हुनुपर्छ: मन्त्री भण्डारी
नेपालबहस संवाददाता
पुस १, २०७७ बिहिबार ३:१४:२५
१ पुष, कर्णाली । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले प्रकृति र मानवबीचको सम्बन्ध निकटतम हुनुपर्ने बताएका छन् । कर्णाली प्रदेश नीति तथा योजना आयोग सुर्खेतद्वारा आज आयोजित ‘मानव विकास प्रतिवेदन, २०२० को सार्वजनिक गर्दै उनले आधुनिकताको विकाससँगै मानवीय क्रियाकलापले प्रकृतिको दोहन हुँदै गएको छ भने ।
“मानवीय मूल्यमान्यता र गतिविधिले प्रकृतिमाथि असर परेको छ”, उनले भेन, “अब संवेदनशीलता अपनाउँदै प्रकृतिमैत्री मूल्यमान्यतालाई अवलम्बन गर्न जरुरी छ ।” प्रकृतिमाथिको आक्रमणले मानव विकासमा ठूलो समस्या देखापरेको औँल्याउँदै उहाँले विकसित देशले प्रकृतिमाथि उच्च दोहन गरेका कारण नेपाल जस्ता कम विकसित त्यसको ठूलो मारमा परेको बताए ।
प्रकृति संरक्षणलाई प्राथमिकतामा राखेर यससँगको सम्बन्ध भङ्ग नहुनेगरी अघि बढ्नुपर्ने सझाउनुभएका उनले मानव विकास प्रतिवेदनले निर्दिष्ट गरेका सवाल कार्यान्वयनमा प्रदेश सरकार दृढताका साथ अघि बढ्ने जनाए ।आयोगका उपाध्यक्ष डा सर्वराज खड्काले २१औँ शताब्दीमा जीवन र जगत्लाई हेर्ने दृष्टिकोणमा फरकपन आउनुपर्ने विचार व्यक्त गरे । विश्वको नेपाल र नेपालको कर्णाली विकासमा पछि परेको भन्दै जलवायु परिवर्तनका कारण मानव जीवन खतरा अवस्थामा पुगेको उपाध्यक्ष डा खड्काले बताए । मानव विकासका लागि सबै सरोकारवालासँगको साझेदारी आवश्यक रहेको उनको भनाइ थियो ।
यता मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहले प्रकृतिसँग मिलेर जान सकेमात्र मानव जीवनको अस्थित्व रक्षा हुने दाबी गरे । “सन् १९७० यतादेखि हालसम्म ७० प्रतिशत जैविक विविधता ह्रास भएको छ”, उपकुलपति प्रा डा सिंहले भने , “अब मानव जातिले आफ्नो जीवनलाई प्रकृतिको सामिप्यतामा लैजानुपर्दछ ।”
मानव विकासको वास्तविक तथ्याङ्कसहितको प्रतिवेदन ल्याउन कर्णालीको तल्लो तहसम्म पुगेर समग्रस्थितिको अध्ययन अनुसन्धान गर्नुपर्ने र त्यसमा काम गर्नेसँग हातेमालो गरेर जान विश्वविद्यालय तयार रहेको उनको भनाइ थियो । उनले कर्णालीको परम्परागत ज्ञान, पर्यावरण, जैविक विविधता, कृषि तथा पर्यटन प्रर्वद्धन गर्न सकिए अर्थतन्त्रमा वृद्धि आउने र त्यसले यहाँको मानव विकासमा सघाउ पुग्ने सुझाव पनि दिएका थिए ।
आयोगका सदस्य डा दीपेन्द्र रोकायले कर्णालीको मानव विकास सहयोग पु¥याउने उद्देश्यका साथ भौतिक पूर्वाधार, सामाजिक विकास, पर्यटन, वातावरण, विज्ञान, प्रविधि, अनुसन्धान, सञ्चार तथा सुशासन समेटिने गरी सामाजिक न्यायसहितको दिगो विकास नीति तथा योजना निर्माण गरिएको बताए । स्वच्छ, हरित, न्यून कार्बन र वातावरणयुक्त कर्णाली निर्माणको अभियानलाई अगाडि बढाइएको उनको भनाइ थियो ।
युएनडिपी नेपालका आवासीय सहायक प्रतिनिधि विजय सिंहले केन्द्रसँगै नेपालका सातवटै प्रदेशमा एकैपटक ‘मानव विकास प्रतिवेदन २०२०’ सार्वजनिक गरिएको बताए । ३०औँ वार्षिकीका रुपमा यो प्रतिवेदन सार्वजनिक गरिएको बताउँदै प्रतिनिधि सिंहले सम्मानसहितको जीवनयापन, मानव चाहना परिपूर्तिका लागि एउटै राजनीतिक, आर्थिक र वातावरणीय एजेण्डा आवश्यक रहेको औँल्याए ।
यता युरोपियन युनियन नेपालका टिम लिडर एलोइसा एस्टुडिल्लोले मानवीय गतिविधिले जलवायु परिवर्तन हुँदै गएकाले त्यसको न्यूनीकरणमा साझा प्रतिबद्धताको अपरिहार्यता रहेको तर्क गरे । ह्रास हुँदै गएको प्रकृति बचाउनुपर्नेमा जोड दिएका टिम लिडर एस्टुडिल्लोले कर्णालीको मानव विकासमा साझेदार भएर काम तयार रहेको बताए ।
उक्त प्रतिवेदन र कर्णालीको मानव विकासका सवालमा मध्यपश्चिम विश्वविद्यालय शिक्षा शास्त्र सङ्कायका सहायक डीन विष्णुकुमार खड्का, सहप्राध्यापक पुष्पराज आचार्य, मानवाधिकार रक्षक सञ्जालका केन्द्रीय सदस्य पवित्रा शाहीलगायतले प्रकृतिमा आधारित विकासमा सबै सरोकारवालाको एकीकृत बुझाइ, सोच र चिन्तन हुनुपर्नेमा जोड दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभूकम्पमा भत्केका विद्यालय प्रदेश सरकारले पुनर्निर्माण
पुष २५, २०८१ बिहिबार
हृदयाघातबाट पालिका कर्मचारीको निधन
पुष २१, २०८१ आइतबार
कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकका १८ वटा निर्णय सार्वजनिक ( हेर्नुस् सूचीसहित )
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार
५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो
पुष २७, २०८१ शनिबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार