लासोज् ब्यान्डको पहिलो भिडियो ‘मेरो अतित’ सार्वजनिक
नेपालबहस संवाददाता
पुस २, २०७७ शुक्रबार १:२५:१८
२ पुष, धरान । लासोज् ब्यान्डको पहिलो गीत ‘मेरो अतित’को भिडियो सार्वजनिक भएको छ । ब्यान्डका गायक सन्जोक बम्जनले गाएको ‘मेरो अतित’ गीतमा लिड गितार रिजन योञ्जन, रिदम सन्देश लिम्बु, बेस गितार डेगोस राई र ड्रममा नविन गुरुङले साथ दिएका छन् ।
गीतको भिडियोमा आमा–छोराको संघर्षको कथा छ । सानैमा बाबु बितेपछि आमाले छोराको पालन पोषणका लागि गरेको कष्टपूर्ण संघर्ष र छोराले दुख गरेर पाएको सफलताको कथा भिडियोमा प्रस्तुत गरिएको छ । भिडियोमा वास्तविक जीवनकै आमा–छोरा निका मोक्तान र युगान्त दाहालले अभिनय गरेका छन् ।
छोराको बाल्यकालको भूमिका युगान्तले गरेका छन् भने किशोर अवश्थाको भूमिका विमस पौडेल र युवावश्थाको भूमिकामा दिवस श्रेष्ठले अभिनय गरेका छन् । दिनम राईले निर्देशन गरेको भिडिओको छायाँकन किवा खिम्दुङ र अर्सु श्रेष्ठले गरेका छन् भने सम्पादन चमन राईले गरेका छन् ।
भिडियो लासोज् ब्यान्डको अफिसियल च्यानलबाट सार्वजनिक भएको छ । ब्यान्डको पहिलो भिडियोले युट्युबमा दर्शकको राम्रो प्रतिक्रिया पाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलन्डनमा एकसाथ गुन्जिदै 'कन्दरा' र स्वप्न सुमन
पुष १७, २०८१ बुधबार
‘सम्झनामा स्रष्टा साङ्गीतिक समर्पण कार्यक्रम २०८१’ सम्पन्न
पुष ९, २०८१ मंगलबार
अष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज
मंसिर २६, २०८१ बुधबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
गोरखनाथदेखि गोरखपुरसम्म खिचडी यात्रा गर्दै गोरखा नगरपालिका
पुष २२, २०८१ सोमबार
हेटौंडामा ५ वटा पिचसहितको क्रिकेट मैदान निर्माण हुँदै
पुष २२, २०८१ सोमबार
तराईमा शीतलहर, कठ्याग्रिँदो जाडोले जनजीवन प्रभावित
पुष २२, २०८१ सोमबार
अमेरिकी डलरको मूल्य स्थिर, अन्य विदेशी मुद्रामा घटबढ
पुष २२, २०८१ सोमबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार