वाग्मतीमै पहिलो पटक रक्त संकलन गर्न घुम्ती बस
नेपालबहस संवाददाता
पुस २, २०७७ शुक्रबार १:३४:४५
२ पुष, चितवन । क्षेत्रीय रक्त सञ्चार केन्द्र भरतपुरलाई गैर आवासीय नेपाली संघले रक्त सङ्कलन गर्न घुम्ती बस सहयोग गरेको छ । केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार भन्सार र कर छुटबाहेक भारतीय रु ३५ लाखमा संघले बस खरिद गरेको हो ।
रक्तदानका लागि आवश्यक पर्ने अत्याधुनिक सुविधा सम्पन्न उपकरण जडान गरिएको बस वाग्मती प्रदेशमै पहिलो हो । पोखरामा यस प्रकारको बस रहेको र नेपालमा यो दोस्रो भएको उनले जानकारी दिए । बसभित्र रक्तदान गर्ने, प्रेसर नप्ने र रक्त संकलनका लागि फ्रिज जस्ता उपकरण जडान गरिएको छ ।
बस प्राप्त भएसँगै बसभित्रै घुम्ती रक्तदानका कार्यक्रम गर्न सहज हुनेछ । संघले पूर्वी चितवनको रत्ननगरमा अन्तरराष्ट्रियस्तरको राष्ट्रिय रक्तसञ्चार केन्द्र बनाउन प्रस्ताव गरेको पौडेलले जानकारी दिए। अहिले जिल्लामा दैनिक सय युनिट रगत माग भइरहेको छ । उनले भने, “मागअनुसार पूरा गर्न सकेका छैनौँ । दैनिक ५० युनिट रगत पु¥याउन पनि कठिन परेको छ ।”
पहिलेको तुलनामा केही रक्तदानका कार्यक्रम भए पनि यसले पर्याप्त नहुने उनको भनाइ छ । बिरामीका आफन्त, स्वयंसेवी रक्तदाताको भरमा चलिरहेको उनले बताए । उनले भने, “अहिले रगतको अभाव हुने समय नभए पनि कोरोना संक्रमण त्रासले रक्तदान हुन नसकेको हो ।” पछिल्ला दिनमा दुर्घटना कम भएको भए पनि अस्पतालमा उपचारका लागि आउने बिरामी बढेसँगै रगतको माग बढेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशसभा बैठक माघ १८ गते बोलाउन सिफारिस
माघ ११, २०८१ शुक्रबार
जङ्गली हात्ती बस्ती पस्न थालेपछि निजीलाई एकीकृत गर्न माग
माघ ९, २०८१ बुधबार
प्रदेशसभा सचिवालयमा तीन वटा विधेयक दर्ता
माघ ८, २०८१ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार