सशस्त्र प्रहरीमा “चोरलाई चौतारो, साधुलाई सुली”
नेपालबहस संवाददाता
पुस २, २०७७ शुक्रबार १:५५:४५
२ पुष, जलेश्वर । “चोरलाई चौतारो साधुलाई सुली” गरिएपछि महोत्तरीका विभिन्न नाकाबाट अहिले व्यापक मात्रामा तस्करी चलिरहेको छ । सो तस्करीमा सशस्त्र प्रहरी बल ‘बीओपी’का प्रहरी निरीक्षकहरूको संलग्नता देखिएको छ।
२ नं. प्रदेशका निर्वतमान डीआईजी कृष्णभक्त बम्हचार्यले “तैलेपनि खा मलाई पनि दे” शैलीमा व्यापक घुमुवा परिचालन गरि असुली आतंक नै मच्चाएका बेला पनि महोत्तरीका सशस्त्र एसपी सुरेश सापकोटाले भने तस्करीमा कडाई गरेका थिए । बरु उनले ३ महिनाकै अवधिमा करिब डेढ करोड बराबरको तस्करीको मालसामान पक्राउ गरि २ नं. प्रदेश मै उत्कृष्ट कार्य गरेका थिए । उनलाई महोत्तरीमा सशस्त्र डीआईजी राजु अर्यालको फोटोकपी पनि भन्ने गरिन्छ ।
सशस्त्र एसपी नयाँ तर उनीद्धारा परिचालित सशस्त्र प्रहरी हबल्दार घनश्याम यादवको टोलीले बीओपी इन्चार्जले सेटिङमा छोडेको माल धमाधम पक्राउ गर्न थालेपछि बीओपीका इन्चार्जदेखि डीआईजीसम्म अत्तालिएका थिए । एसपीको निर्देशनमा यादवको टोलीले ३ महिनामै डेढ करोडको माल पक्राउ गर्न सफल भएपछि बीओपीका इन्सपेक्टरहरुले सशस्त्र प्रहरी हेडक्वार्टरमा मानव स्रोत र प्रशासन एआईजी पुष्पराम केसीलाई नक्कली कुरा लगाएर लखेटन सफल भएका छन् । सशस्त्र आईजीपी र एआईजीको नाममा पैसा उठाएको हावादारी कुरा लगाउनेमा डीआईजीद्धारा परिचालित घुमुवाहरु, बीओपीका इन्सपेक्टरहरु तथा तस्करहरु रहेको घाम जतिकै छर्लङ छ ।
सबैभन्दा बढी तस्करी हुने नाका सम्सी हो । सम्सी बीओपीको प्रमुखमा सशस्त्र प्रहरी निरीक्षक गणेश न्यौपाने रहेका छन् । त्यस्तै खयरवनीमा सुजन गोले र रघुनाथपुरमा सुर्य बहादुर भण्डारी सशस्त्र प्रहरी निरीक्षक रहेका छन् । यी निरीक्षकहरूले तस्करीको लाइन दिएर तस्करबाट आंफै रकम लिने गरेको समेत उजागर भएको छ । उनीहरुको अहिले सबैभन्दा बढी चाँदी कटाई भैरहेको बताइएको छ ।
जिल्ला प्रमुखले पैसा नखाने तथा लाइन पनि खोल्न नदिने भएपछि विभिन्न ठाँउमा ठेक्का बोलेर तराईका सीमावर्ती नाकाको बीओपी प्रमुख हुनेहरुलाई भूतले खाजा खाने बेलाको सरुवा जस्तो हुन पुगेको थियो । त्यसैले एसपीको निर्देशनमा तस्करी नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने हबल्दार यादवको टोलीलाई कारवाही स्वरुप काठमाडौं तान्न लगाएपछि अहिले उनीहरुको तस्करी धन्दा खुल्ला भएको हो ।
यो खुराफाती धन्दामा सम्सीका बीओपी इन्सपेक्टर गणेश न्यौपाने तथा रघुनाथपुर बीओपीका इन्सपेक्टर सूर्यप्रसाद भण्डारीको मुख्य भूमिका रहेको बताइएको छ । एसपी सापकोटाले अहिलेसम्म तस्करीको कुनै लाइन नदिएको पनि खुला सीमाना फाइदा उठाउँदै बीओपीका निरीक्षकहरूले आफ्नो क्षेत्रबाट तस्करी धन्दा चलाईरहेका छन् ।
यसअघिका डीआईजी केबी ब्रम्हचार्यले बाहिनीका तर्फबाट महोत्तरी हेर्न असई सुरेश महत्तोको कमान्डमा तीनजना प्रहरी परिचालन गरेका थिए । तर डीआईजी चन्द्रप्रकाश गौतम हाजिर हुने २ नं. प्रदेशका ८ जिल्लामा खटिएका ४३ जना घुमुवाहरू तानेर बाहिनीमा थन्क्याउने काम भएको छ । उनीहरुलाई अहिले रिफ्रेश तालिम दिइएको छ ।
एसपी सापकोटाले पनि घुस नखाने, तस्कर नभेट्ने तथा उनका दायाँबायाँ हातका रुपमा रहेर तस्करी नियन्त्रणमा खटिएकालाई नक्कली आरोपमा हेडक्वार्टर तानेपछि महोत्तरीका बीओपीका निरीक्षकहरूलाई खुलेयाम तस्करी गराएर रकम असुल्ने सुर्वण मौका मिलेको छ। अहिले महोत्तरीमा सात वटा बीओपीहरू रहेका छन् ।
सबैभन्दा बढी तस्करी हुने नाका सम्सी हो । सम्सी बीओपीको प्रमुखमा सशस्त्र प्रहरी निरीक्षक गणेश न्यौपाने रहेका छन् । त्यस्तै खयरवनीमा सुजन गोले र रघुनाथपुरमा सुर्यबहादुर भण्डारी सशस्त्र प्रहरी निरीक्षक रहेका छन् । यी निरीक्षकहरूले तस्करीको लाइन दिएर तस्करबाट आंफै रकम लिने गरेको समेत उजागर भएको छ । उनीहरुको अहिले सबैभन्दा बढी चाँदी कटाई भैरहेको बताइएको छ ।
जिल्लाको सम्सी, खयरवनी र रघुनाथपुर नाकाबाट तस्करी भएका सामानहरू सबै गौशाला बजारमा गोदाम गर्ने गरिएको छ । यी नाकाबाट तस्करीको मुख्य काम गर्नेमा कालियाँ र राजा मुख्य तस्कर हुन । उनीहरू साझेदार समेत हुन । त्यस्तै निगौल घर हुने भविचन्द्र महतो र बकिल मुसलमान पनि रहेका छन् । उनीहरूले दैनिक पचास लाख भन्दा बढीको सर्टिङसुटिङका कपडा तथा महंगा सारी, लेहंगा लगायत हार्डवेयरका सामानहरू प्रहरीको सेटिङमा तस्करी गरि ल्याउने गरिरहेका छन् ।
यसबाहेक रघुनाथपुर र खयरवनी नाकाबाट तस्करीको लाइन पाउनेमा बसु पटेल, महेश यादव, श्याम यादव, दीलिप यादव, राजेश यादव , आलम, नथुनी , मोती मुसलमान र नयाज मुसलमान कहलिएका पुराना तस्कर हुन् । उनीहरूले नाकाबाट कपडा , हाडवेयर , रांगा र खसीबोकाको तस्करी गर्दछन । सशस्त्रका निरीक्षकहरूले उनीहरूलाई तस्करीको लाइन दिएको हाम्रो समाचार स्रोतको दावी छ ।
माथि उल्लेखित तीन बीओपी प्रमुखहरुलाई तस्करहरुले प्रत्येकलाई मासिक १० लाख भन्दा बढीको लाइन बाड्ने गरेको स्रोतको भनाई छ ।त्यसैगरी सम्सी, पोखरवृन्दाबाट तस्करीको लाइन पाउनेमा दिलीप यादव मुख्य छन् । मनरा र भिट्टामोडबाट तस्करीको लाइन पाउनेहरूमा लालबाबु यादव, अरूण सरिफूल मियाँ, दिनेश , सुरेश , मिठ्ठु, वीपिन , विनोद , बहुआली भन्ने महिला र कवाडीका डन मनोज साह मुख्य छन् ।
सम्सी र रघुनाथपुरबाट तस्करीको लाइन पाउनेमा गौशालाका शंकर महतो पनि मुख्य छन् । सशस्त्र प्रहरी महोत्तरीका बीओपीहरूमा भिट्टामोडमा बिर्ख शाही, मनरामा सन्तोष थापा, सम्सीमा गणेश न्यौपाने, रघुनाथपुरमा सुर्य बहादुर भण्डारी , खयरवनीमा सुजन गोले र पोखरवृन्दामा गोविन्द गिरी सशस्त्र प्रहरी निरीक्षक हुन् ।
यी बीओपी प्रमुखहरुलाई हेडक्वाटरका एकजना बदनाम एआईजीको संरक्षण रहेको बताइएको छ । ती एआईजीले उनीहरुमार्फत मासिक ठूलै रकम बुझने गरेको बताइन्छ । सशस्त्र प्रहरीका आईजीपी शैलेन्द्र खनालको नीति निर्देशन विपरित बीओपी प्रमुखहरुले तस्करीधन्दा चलाईरहँदा हेडक्वार्टरले उनीहरु माथि के कस्तो कारवाही गर्छ, हेर्नुछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रचण्डलाई मोर्चा बनाउन हतार, झलनाथमा छैन रुची
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार